दोलखा र सिन्धुपाल्चोक जिल्लाका सडक पहिरोको उच्च खतरामा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgj5Vj9HYmLQ3mEidOPFwGBmIFguIHcwnwuaLxesMwgX3JFn4GzraiyRU5r-ta43E5A9v5Ev-Z9LydZ95K5_MtLZ2xqIgoM_hNAdUoO-_7qbcg7ErvOqqtS39YZQmP2FRAjrQJaG575P1AM/s640/pahiro-1.jpg)
दोलखा र सिन्धुपाल्चोकका सडक पहिरोको उच्च खतरामा रहेको छ । सिन्धुपाल्चोकको वनदेउदेखि कोदारी जोड्ने अरनिको राजमार्गको ५५ किलोमिटर सडकको ९० प्रतिशत भाग सडक पहिरोको उच्च जोखिम एवम् खतरामा रहेको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ ।
सामरिक महत्वको अरनिको राजमार्गको बलेफीदेखि बाह्रबिसेसम्मको १७ किलोमिटर तथा बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमिटर सडकको माथिको भागमा रहेको ठूलाठूला पहाड भूकम्पको कारण चिरा परेकाले निरन्तरको वर्षाबाट पहिरो खसिरहेको र भोटेकोसीले सडकको तल्लो भागमा समेत कटान गरिरहेकाले उच्च जोखिममा रहेको कार्यालयका प्रमुख कमलेशकुमार कर्णले बताउनुभयो ।
काठमाडौँ पुतलीसडकबाट ११४ किलोमिटर रहेको अरनिको राजमार्गको ८७ किलोमिटरमा रहेको महभिर, १०१ किलोमिटरमा रहेको चाकु, १०८ किलोमिटरमा रहेको लार्चा खण्डमा माथिको पहाड चिरा परेकाले जोखिम बढाएको, सिन्धुपाल्चोकको जुरेखण्डमा लेदो माटो बगिरहेको र भोटेकोसीले सडकको तल्लो भागमा निरन्तर कटान गरिरहेकाले समस्या थपेको उहाँले बताउनुभयो ।
त्यसैगरी सिन्धुपाल्चोकको लामोसाँगुदेखि दोलखाको मिल्तीखोलासम्मको ९२ किलामिटर पुष्पलाल लोकमार्ग पनि पहिरोको जोखिममा रहेको सो कार्यालयले जनाएको छ ।
पुष्पलाल लोकमार्गको बोच, चर्नावती र साखिने सडकखण्डमा पर्ने करिब पाँच किलोमिटर तथा भिरकोट मालुखोला सडकखण्डमा पर्ने करिब सात किलोमिटर सडक पहिरोको जोखिममा रहेको इन्जिनियर सुवराज न्यौपानेले बताउनुभयो ।
तामाकोसी जिरी सडकखण्डको ३८ किलोमिटर र वनदेउ चौताराको २५ किलोमिटर सडकखण्डमा भने पहिरोको जोखिम अन्य सडकको तुलनामा कम रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी निरन्तरको वर्षा र पहिरोको कारण बाह्रबिसेमा रहेको भोटेकोसीको पुल धस्सिएको, लार्चा र भैरवकुण्डमा रहेको पुलको रेलिङमा क्षति पुगेको तथा रामेछाप दोलखाको सिमानामा रहेको रस्नालुको पुलको जमिन केही फाटेको इन्जिनियर रमेशकुमार दृष्टिले बताउनुभयो ।
विनाशकारी भूकम्पपछि दोलखा र सिन्धुपाल्चोकमा रहेको मुख्य सडकको विभिन्न भागमा निरन्तर पहिरो खसिरहेको भए पनि कार्यालयले सकेसम्म तत्काल पहिरो हटाएर सडक सुचारु गर्दै आएको तर वर्षायाममा कार्यालयसँग भएको सामान र जनशक्तिले सबै ठाउँमा काम गर्न सहज नहुने डिभिजन प्रमुख कर्ण भन्नुहुन्छ ।
कार्यालयसँग अहिले दुईवटा डोजर, तीनवटा लोडर, दुईवटा स्काभेटर र दुईवटा ब्याक हो रहेको तथा चार इन्जिनियर र तीन सव इन्जिनियर रहेको कार्यालयले जनाएको छ ।
सडक क्षेत्र र जोखिमको हिसाबले डिभिजन सडक कार्यालयसँग भएको मेसिन औजार तथा जनशक्ति प्रयाप्त छैन डिभिजन प्रमुख कर्णले भन्नुभयो– “त्यसैले कुनै ठाउँमा पहिरोले सडक अवरुद्ध ग¥यो भने चाहेर पनि तत्काल सुचारु गर्ने अवस्था रहँदैन ।” अहिले विभागले आपत्कालीन अवस्थामा पेट्रोलियम पदार्थ खरिद र अन्य काम गर्न रु एक करोड ४० लाख बजेट निकासा गरेको तर त्यो पनि पर्याप्त नरहेको उहाँको भनाइ छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.