साउनमा ३८ हजार युवा विदेशिए
सरकारले २१ असारदेखि लागु गरेको फ्रि भिषा, फ्रि टिकटसँगै नेपाली कामदार रोजगारीका लागि विदेश जान कमी आउने आंशका गरिएको थियो । आशंका गरेपनि साउन महिनामा ३८ हजार ८१ युवा रोजगारीका लागि विदेशीएका छन् ।
स्वदेशमा रोजगारीको अभावसँगै रोजगारीका लागि विदेश जाने युवाको संख्या बढी रहेको छ । साउन महिनामा दैनिक एक हजार दुई सय ७० युवा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै विदेशीने गरेको वैदेशिक रोजगार विभागको तथ्याङले देखाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ४२ हजार तीन सय नौ युवा रोजगारीका लागि विदेशीएका थिए । योक्रम अघिल्लो आवको सोहि अवधिको तुलनामा चालु आवमा ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।
रोजगारीका लागि विदेशीएका ३८ हजार ८१ युवामध्ये पुरुष ३६ हजार एक सय ३५ र महिला एक हजार नौ सय ४६ रहेका छन् । यो अवधिमा व्यक्तिगत रुपमा आठ सय ४० जसमा पुरुष एक सय २२ पुरुष सात सय १८ रहेका छन् । संस्थागत रुपमा ३४ हजार आठ सय तीन मध्ये पुरुष ३३ हजार तीन सय १३ र महिला १४ सय ९० रहेका छन् ।
रोजगारीका लागि विदेशीने कामदारमध्ये दु्ई हजार चार सय ३८ जना जना वैधानीकिरण ९पहिलो पटक अवैधानीक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भारतको बाटो० भएर विदेशिएका कमादार नेपालमा आएर श्रम स्विकृत लिएर रोजगारीका लागि विदेशीएका छन् । सरकारको २१ असारको फ्रि भिषा, फ्रि टिकटमा मात्र कामदार पठाउने निर्णयसँगै मलेसिया लगाएतका देशमा कामदार जाने क्रम घटने व्यवसायीको आंकलन थियो ।
तर सरकारले २१ असारमा उक्त निर्णय लागु गरेपनि साउनमा मलेसियाका साथै खाडी देशमा कामदार जाने क्रम रोकिएको छ्रैन । साउन महिनामा साउदी अरब १२ हजार दुई सय ३७, मलेसिया नौ हजार ६ सय ३०, कतार नौ हजार पाँच सय ५८, संयुक्त अरब ईमिरेट्स तीन हजार सात सय १७ जना रहेका छन् । यो अवधिमा हेर्दा नेपाली कामदारको पहिलो साउदी अरब र दोस्रो मलेसिया देखिएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.