नातिनी बलात्कार गरेको ठहरिएपछि बयोबृद्धलाई ११ बर्ष कैद
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj5L9XeWEETa0_g7a8Izz1XB3NS2a8f08fhL-54LE4ZreYLCf9WjlLvy9irii3szxdEmlNjn37hU0Z1d3FNu_flV_3yPVx4Xc9p-rLHKvy2vYT-G6GzjsnbzZmubNnrjuwvYHrQAoYhbQkd/s640/balatkar.jpg)
१० बर्षीया नातिनीलाई बलात्कार गरेको ठहरिएपछि एक बयोबृद्धले ११ बर्ष कैद ताेकिएकाे छ । माघ महिनाको एक अपरान्ह आफ्नै नातिनीलाई कोठामा लगेर करणी गरेको अभियोगमा जिल्ला अदालतले सुनखानी गाविस- ४ का ८२ बर्षीय बृद्धलाई कैद र नगद जरिवानाको सजाय गरेको छ । दोलखा जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजाय र पीडितलाई ५० हजार क्षेतीपूर्ति आदेश गरेको छ ।आँगनमा गट्टा खेलिरहेकी १० बर्षीया नातिनीलाई २० रुपैयाँ र ४ बर्षीया नातिनीलाई चकलेट र विस्कुट दिदै फकाएपछि दुवैलाई बृद्धले कोठामा लगेको अदालतमा दिएको वयानमा उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.