चितवन, १४ भदौ । पत्रकार कल्याणकारी कोष स्थापनाका लागि चितवनमा वृत्तचित्र ‘भाग्यले बाँचेका’हरु प्रदर्शन गरिएको छ । प्रेस चौतारीको केन्द्रिय सचिव तथा पत्रकार गणेश पाण्डेद्वारा निर्देशित वृत्तचित्रलाई चितवनको नारायणगढस्थित गणेश हल प्रदर्शन गरिएको हो ।
प्रेस चौतारी चिवतनको आयोजनामा प्रदर्शन गरिएको वृत्तचित्रका लागि पाँच सय देखि एक हजारसम्मको टिकटको व्यवस्था गरिएको थियो । प्रदर्शनीबाट उठेको रकम चितवनका पत्रकारको कल्याणकारी कोषमा राखिने अध्यक्ष तीर्थ नेपालले जानकारी दिए । वृत्तचित्रमा भूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमूलक पात्रका कथालाई समेटिएको छ ।
वृत्तचित्रले वैशाख १२ गतेको भूकम्पलाई फेरि सम्झाइदिएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले वृत्तचित्र हेरेपछि प्रतिक्रिया दिए । भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका सात जना नेपालीको कथा उक्त वृत्तचित्रमा समावेश छ । भूकम्पमा परेका रमेश खत्री, रामप्रसाद भट्ट, बबिता सेढार्इं, पेम्वा तामाङ तथा उद्धारकर्तालगायतका अनुभव समावेश छन् ।
काठमाडौँको सुन्धारास्थित काठमाडौँ मल अगाडि खटिने ट्राफिक प्रहरी करण भण्डारी र हिरामाया नेपालीको जीवनकथा निकै मार्मिक रुपमा पर्दामा उतारिएको छ । पाँचतले घरले पुरिएर २२ घन्टापछि जीवितै उद्धार गरिएका भक्तपुरका चार महिने सोनिस अवाल, सोनिसलाई जीवितै उद्धार गर्ने नेपाली सेनाका सुबेदार दीपक राई र सिपाही विकास केसीको मार्मिक विषय पर्दामा समावेश भएको निर्देशक पाण्डेले बताए ।
Powered by Blogger.
‘भाग्यले बाँचेका वृत्तचित्र प्रदर्शन
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.