सरकारले विवेक पुर्याउन नसक्दा टिकापुर घटना घट्यो : गुरुङ्
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhC47ONG_wmfjPAQALvaVFjULfJYMsoWmRfIjV18kgbrytT4GSMASjwkFutvWv-0NRg4ktJq2RgrVdR5W6bGgHTpskdguNiwy4Gc93EP3hLuYA4_rIXp0cOtiUGeHaDqegwTGDO6p059mN8/s640/gurung.jpg)
नेकपा–माओवादीका सचिव देब गुरुङ्गले टिकापुर घटना सरकारले विवेक पु¥याउननसक्दाको परिणाम भएको बताए ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अखण्ड सुदुर पश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुहरुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कफ्र्युकाकारण कैलाली घटना भएको बताए । उनले भने,‘बारम्बार कफ्र्यु हटाउनु मागगर्दा समेत नहटाएपछि बाध्यभएर कफ्यु तोड्ने क्रममा सो घटना घटेको र आन्दोलनका क्रममा यस्ता दुःखद् घटना स्वभाविक रहेको बताए ।
कैलाली आन्दोलनमा जसरी नेपाल सरकार र विभिन्न राजनीतिकदलहरुले घुसपैठ भएको भन्दै विभिन्नखालकाआरोप लगाएका छन् त्यो सरासर गलत भएको भन्दै गुरुङ्गले भने,‘आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको र आन्दोलनमा प्रशासन र नेपाल सरकारको कमजोरीकै कारण दुःखद् घटना घटेको हो ।’ उनले सरकार पक्षसँगमात्र हतियार भएको र बालकको मृत्यु सरकार पक्षकै गोलीलागिभएको भन्दै अन्यपक्षलाई आरोप लगाउनु गलत हो ।
उनले भने,‘राजनीतिकदलहरुले विदेशीहरुको गोट्टीको भूमिका खेल्दा राष्ट्रिय अस्मिताखतरामा परेको छ ।’ संविधाननिर्माण भन्दापनिपदको बार्गेनिङ्गले संविधानजारी नहुने भन्दै विदेशीहरुले ठूला राजनीतिकदलका नेताहरुलाई आफू अनुकूल परिचालन गरेको उनले बताए । दलाल नेताहरुको उत्पादनगर्दै नेपालीभूमिमाआफ्नो शक्तिकायमजारी राख्ने र आफ्नो स्वार्थ पुरा गर्ने बिदेशीहरुको चाहनालाई नेताहरुको सहयोगले देशमा संक्रमण परेको र देशको सुरक्षा अवस्था खतरामा परेको दावी गरे ।
नेपालीभूमि अहिले मात्रमिचिएको होईन यो परापूर्वकाल देखिकै निरन्तरताभएको भन्दै उनले भने,‘लिपु लेक नेपालको भएको र भारतले गरेको हस्तक्षेपका बारे नेपालका ठूला दल र नेपालको कुटनीतिक पक्षचुपलाग्दा नेपालको भूमिमाभारतको रजाई चलेको छ ।’
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.