म्यानपावर व्यावसायीले गुण्डा लगाएर आक्रमण गरे : सुवेदी
काठमाडौँ, १ भदौ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले म्यानपावर व्यवसायीहरुले भाडाका गुण्डा लगाएर आफुमाथी आक्रमण गरेको आरोप लगाए ।
२७ साउनमा बालाजुमा आफुमाथी भएको आक्रमणमा म्यानपावर व्यवासयीको हात रहेको सुवेदीको आरोप छ । साउन २५ मा मेरो अफिसमा माओवादी निकटतम कर्मचारी संगठन सम्बद्व रुक्म लामिछाने, डिलाराम खनाल लगायत व्यक्तिहरु निगरानी राख्न आएका रहेछन् । मलाई देखेपछि ‘सरलाई भेटन आएका थियौ हिडन लाग्नु भयो भोली भेटौला भनेको थिए तर आएनन् ।’
महानिर्देशक सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘म बाट कानूनी कारबाहीमा परेका म्यानपावर कम्पनीको काम किन खुल्ला नगरेको भनी धम्कीपुर्ण भाषामा म सँग केही अपरीचित व्यक्तिले कुरा गरेका थिए । २७ गते म माथी आक्रमण भयो ।’ म्यानपावर व्यवासयीसँग मान्छे बेचेको पैसा छ, आवश्यक कागजात छैन, अवैधानीक काम गर्छन, महानिर्देशक सुवेदीले भने,‘ गलत काम गर्नेलाई मैले कारबाही गरे, व्यवसायीहरुले म माथी आक्रमण गर्न यूथ फोर्सलाई ५० लाख दिए, उनीहरुले आक्रमण नगर्ने भनेपछि भाडाका गुण्डा लगाएर आक्रमण गरे ।
आक्रमणमा मलाई शका लागेका व्यक्तिको बारेमा प्रहरीकोमा निवेदन दिएको छु, प्रहरीको अध्ययन पछि थाहाहुन्छ कसले आक्रमण गरेको हो ।’ म्यानपावर व्यवसायीहरुले गलत काम गर्ने गरेका कारण विभागमा दैनिक सयौ उजुरी आउने गरेका छन् । त्यस्ता म्यानपावर कम्पनीलाई विभागमा आउन पत्राचार गर्दा पत्र नबुझ्ने, फोन नउठाउने, उजुरी दिने कामदारलाई गुण्डा लगाएर पिटने काम गर्ने गरेका छन् ।
सुवेदीले भने,‘म विभागमा गरिब कामदारको हितमा काम गर्न आएको हुँ, गल्ती काम गर्ने कुनै पनि म्यानपावरलाई उम्कन दिन्न । गरिब कामदार ठगिनु हुन्न ।’ विभागमा देखिएको समस्या समाधान गर्न अभिमुखीकरण तालिम प्रदान गर्ने संस्था म्यानपावरमा अनुगमन गर्न थालेको चारै तिरबाट थेगी नसक्नु दबाब आयो त्यसैको परिणाम आफुमाथी आक्रमण भएको उनको भनाई छ ।
हवाईजहाज दुर्घटनामा बचेको मान्छे हुँम मलाई मर्न कुनै डर छैन, गरिबको पक्षमा काम गर्छु सुवेदीले भने,‘ म कसैको घुस खान्न, घुस खानु भनेको मानीसको रगत खाए सरह हो ।’ गरेको काम देख्न नसकेर केही व्यवसायीले आफुलाई मार्ने योजनामा लागेको उनको दावी छ ।
एक फरक प्रसङगमा वैदेशिक रोजगारीलाई सहज बनाउन म्यानपावर व्यवसायी, तालिम प्रदायक संस्था, स्वास्थ्य संस्था र कामदारको माग पत्र चेक गर्ने निकाय इमान्दार बनेको खण्डमा मानव बेचबिखन नहुने उनको दावी छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.