दोलखा तथा रामेछापवासीलाई हिमाल पावरको राहत
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQPNQ-9veruc8TkroDNQQ8Dr8JeeKjKC_F3ylLZga1axQ3EjT8fQtgqzq07RJnqLAs5KgrRA9nOodOmFqzVt6e2CRaiqpHyeYf9abYaHgPeH0xQLJTwS7lujOxS1yZM1lzKsVZ1joffm-d/s640/dolkha_1432011299.jpg)
दोलखा तथा रामेछाप जिल्लाका भूकम्पपीडितलाई हिमाल पावर लिमिटेडले ९३ लाख रुपैयाँबराबरको राहत उपलब्ध गराउने भएको छ । राष्ट्रिय विपद्को घडीमा पीडितलाई राहत मिलोस् भनी यस्तो सहयोग गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
उक्त दुई जिल्लाका लागि प्रत्येक जिल्ला राहत कोषमार्फत करीब १० लाख ५० हजार रुपैयाँ तथा गाविसका लागि गाविसस्तरीय राहत समन्वय समितिमार्फत आयोजना प्रभावित दोलखा तथा रामेछापका ११ गाविसमा प्रतिगाविस करीब ६ लाख ५५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने बताइएको छ । राहत प्रदान गरिने गाविसमा दोलखाका ठूलोपातल, च्यामा, हावा, शहरे छन् भने रामेछापका रस्नालु, बेताली, नामाडी, फर्पु, खिम्ती, फुलासी र गेलु छन् । त्यस्तै कम्पनीले त्रिपाल, कम्बल, खाद्य सामग्री र औषधिलगायत वितरण गरिरहेको बताएको छ ।
यसैबीच, कम्पनीले खिम्ती १ जलविद्युत् केन्द्रका संरचनामा क्षति नभएको भन्दै आफ्नो विद्युत् केन्द्रबाट अधिकतम उत्पादन गरिरहेको र यसले अन्य क्षति भएका आयोजनाबाट हुन गएको विद्युत् आपूर्तिको कमीमा केही हदसम्म राहत हुने विश्वास लिएको बताइएको छ ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.