दोलखा, रामेछाप र सिन्धुलीलाई अन्य प्रदेशमा नराख
दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुने १० जना सभासद्ले ती जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् ।
उनीहरुले सोमबार एक विज्ञप्ति प्रकाशित गरी हालै विभिन्न सञ्चारमाध्यममार्फत प्रस्तावित ३ नम्बरको प्रदेशमा समावेश भएका जिल्लाका बारेमा समाचार सम्प्रेषण भएको हुँदा ती तीन जिल्लालाई अन्य प्रदेशमा नलान आग्रह गरेका हुन् ।
यसरी माग गर्ने सभासदहरुमा पशुपति चौलागार्इं, पार्वत गुरुङ, आनन्द पोखरेल, आङ्दावा शेर्पा, श्यामकुमार श्रेष्ठ, कमला घिमिरे, शिवबहादुर खड्का, मोहनप्रसाद बराल, दीपशिखा शर्मा र गणेशकुमार पहाडी रहेका छन् ।

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.