अटिजम र बौद्धिक अपाङ्गताको भिन्नता
अटिजम बौद्धिक अपाङ्गता होईन र मानसिक (मनोसामाजिक) समस्या पनि होईन तथा अटिजम रोग पनि होईन । यस्को कुनै औषधी उपचार हुँदैन । अटिजम मस्तिष्कको नशा र तन्तुको फरक किसिमको बिकास हो र यो एउटा अवस्था तथा अपाङता हो । जुन जिवनभर रहिरहन्छ । जस्लाई Neuro Development Disorder भनिन्छ । नेपालमा अटिजम सम्वन्धी जनचेतनाको अभाव छ जस्को कारणले गर्दा धेरैले यस्लाई बौद्धिक अपाङता भनेर बुझ्ने गरेको पाइछ । अटिजम र बौद्धिक अपाङता भएका ब्यक्त्तीहरुको केहि लक्षणहरु मेल खान गए पनि यि दुई फरक फरक अपाङता हो ।
बौद्धिक अपाङता भन्दा अटिजमको ब्यक्त्तीहरुलाई सगाल्न र उनिहरुको समस्या पहिचान गर्न साह्रै गार्हो हुन्छ । कुनै कुनै अटिजमका बालबालिकाहरुमा आइ किउ (IQ) सामान्य ब्यक्ती भन्दा पनि बढी तिक्षण बौद्धिक क्षमता हुन्छ तर बौद्धिक अपाङता भएका ब्यक्त्तिहरुमा IQ ७० भन्दा कम हुन्छ । बौद्धिक अपाङता भएका ब्यक्त्तीहरु आफ्नु उमेर समुहको ब्यक्त्ती भन्दा हरेक कुरा ढिला सिक्दछन तथा बुद्दिको बिकास ढिला हुन्छ ।
अटिजम भएका ब्यक्ती र बौद्धिक अपाङतामा बिशेषत निम्न भिन्नता छ ।
अटिजम बौद्धिक अपाङता
1 मस्तिष्कको इन्द्रीयहरुले गर्ने कार्यमा पार्ने उतारचढावको फलस्वरुप अटिजम भएका ब्यक्त्तिले असामान्य ब्यबहार देखाउछन जुन ब्यबहार असान्दर्भिक हुन्छन । Sense organ ले गर्ने Function Disorder हुन्छ ।
(Function Disorder) बौद्धिक अपाङतामा मस्तिष्कको बनावट/ सम्रचनामा असमानता हुन्छ । जस्तो कि मस्तिष्कम पानी जमेको,नशा च्यापिएको,नशा सुनिएको घाउ चोट लागेको आदी । ब्रेन damage हुन्छ । (Structure disorder)
2 कुनै कुनै अटिजमका बालबालिकाहरुमा आइ किउ (IQ) सामान्य ब्यक्ती भन्दा पनि बढी हुन्छ, कुनै अटिजमका ब्यक्त्तीहरु एकदमै बिलक्षण प्रतिभा भएका हुन्छन । न्युन अटिजम भएका ब्यक्त्ती केहि समय बिशेष बिद्यालय राखेपछी सामान्य बिद्यालयमा पठनपाठन समेत गर्न सक्छन,उनिहरुमा भाषा समस्याको कारण अटिजम भएका ब्यक्त्तीहरुको प्रतिभालाई पहिचान गर्न गाह्रो हुन्छ । बौद्धिक अपाङता भएका ब्यक्त्तिहरुमा IQ ७० भन्दा कम हुन्छ । सामान्य बिद्यालयमा पठनपाठन गर्न कठिन हुन्छ ।
3.अटिजम भएका ब्यक्तिलाई संञ्चारको बिजलन (verbal/non-verbal), सामाजीक रुपमा घुलमिल हुन, व्यवहार गर्नमा कठिनाई हुने र कल्पना शक्तिको लचकता कम हुने, खेलखेल्न नजान्ने (inflexibility) जस्ता कठिनाईहरु हुन्छन्। यी तीन बिशेष मूल समस्या (core difficulty) हरेक अटिजम भएका व्यक्तिहरुमा देखा पर्दछन् । बौद्धिक अपाङता भएका ब्यक्त्तीहरु समायोजन हुन सक्छन ।
4.कुनै अटिजम भएका ब्यक्त्तीहरुलाई हेर्दा सामान्य ब्यक्त्ती जतै देखिन्छ । झ्वाट्ट हेर्दा कुनै पनि किसिमको अपाङता देखिदैन । पछी उस्को देखाउने असामान्य ब्यवहारले मात्र यो ब्यक्त्ती फरक रहेछ भनेर पहिचान गर्न सकिन्छ । (Invisible Disability) कुनै बौदिक अपाङता जस्तो पनि देखिन्छन । बौद्धिक अपाङता भएका ब्यक्त्तीहरुलाई झ्वाट्ट हेर्दै यो ब्यक्त्ती अलि सुस्त रहेछ भनेर पहिचान गर्न सकिन्छ ।
5. केहि अटिजम भएका ब्यक्त्तीहरुमा बौद्धिक अपाङता पनि मिसिएको हुन्छ । केहि बौदिक अपाङता भएका ब्यक्त्तीहरुमा अटिजमका पनि मिसिएको हुन्छ ।
6.अटिजमको लक्षण तीन बर्ष पछी मात्र राम्रो सँग देखा पर्छ भने कुनै अटिजम १० बर्ष पछी पनि देखा पर्दछ । बौदिक अपाङता सानैमा पहिचान गर्न सकिन्छ ।
7.अटिजम जन्मजात हुन्छ । जन्मेपछी पछी हुँदैन । बौद्धिक अपाङता जन्मने क्रममा र जन्म पश्चात पनि हुन्छ ।
8.अटिजम भएका ब्यक्तिमा बौद्धिकता कायम रहँदा पनि अटिजमको मूल सम्स्याले गर्दा आत्मनिर्भर हुन गाहृो हुने गर्दछ । सँयुक्त राष्ट्र संघ र WHO ले अटिजमलाई “Public Health Crisis” को संज्ञापनि दिइएको छ।
लेखक: सबिता उप्रेती
बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.