‘निर्दोषी मान्छे’को विमोचन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgPqGxpjG2IMQiT6Rhbu3vwwXUJP9jTBNvGXPwd8UC31H3weKVkC8dr_G1nFYAdG-VppftY58QponJDHiaNoflv_6jcHpc6PvRnQY2224RdVlpDhEPDbEgdvg7clv8QSKXSsZUeyvnEmUhz/s320/IMG_20150906_145018.jpg)
काठमाडौं, २० भदौ ।
सञ्चारकर्मी तथा साहित्यकार जीवन लामा ‘यात्रा’ को कविता संग्रह ‘निर्दोषी मान्छे’को विमोचन गरिएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णु विभु घिमिरेले उक्त कविता संग्रहको विमोचन गरेका हुन ।
दोलखा जिल्लामा रहेको धार्मिक, प्राकृतिक तथा सास्कृतिक सम्पदाका साथै प्रेम लाई समेत समेटेर प्रकाशनमा आएको उक्त संग्रहले दोलखाको प्राकृतिक, संस्कृतिक सम्पदाको लागि एक दस्तावेज बनेको सभासद पार्वत गुरुङको भनाइ छ । प्रेम मात्रै नभएर दोलखा जिल्लामा लुकेर रहेका पुरातात्विक महत्व बोकेको विषयलाई कवितामा उतारेका कारण कविता पढेर दोलखा चिन्ने अवसर मिल्ने उनको धारणा छ ।
विभिन्न ४० उप शिर्षक रहेको उक्त संग्रहमा दोलखा जिल्लामा रहेका धार्मिक, प्राकृतिक, सांस्कृतिक, प्रेमका साथै राजनीतिक विषयबस्तुलाई समेत समावेश गरिएको छ । क्लिष्ठ शब्द प्रयोग नगरि साधारण भाषा शैलीका कविता संग्रह रहेको ‘निर्दोषी मान्छे’ ले नेपाली साहित्यमा अर्को ईट्टा थप्ने काम गरेको उप कुलपति घिमिरेले बताए ।
उक्त कविता संग्रहको सफलताका लागि दोलखा जिल्लाका प्रर्व प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल, अग्रज कलाकार मदन दास श्रेष्ठ, सञ्चारकर्मी द्वय बालकृष्ण बस्नेत, गणेश बस्नेत, टिप्पणीकार फुलमान बल दोलखाली पत्रकार समाजका अध्यक्ष सन्तोष खडकाले शुभकामना दिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.