सहज बन्दै इन्धन, ८८ गाडी भित्रिए
विराटनगर, २६ असोज ।
विराटनगर भन्सारबाट मंगलबार अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् ।
भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए ।
भारतबाट गाडीहरु आउने क्रम जारी रहेको बताइएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.