Powered by Blogger.
विनोद कार्कीको ‘किन आउँछ दसैँ तिहार फेरी रुवाउन ...’ बजारमा (भिडियो सहित)


काठमाडौँ, २८ असोज ।

नजिकिदो दसैँसगै लोकदोहोरी प्रेमिहरुका लागि नयाँ लोकदोहारी गिती एल्बम ‘किन आउँछ दसैँ तिहार फेरी रुवाउन’ बजारमा आएको छ । १२ वैशाखामा आएको भूकम्प र त्यसपछि निरन्तर आईरहेका पराकम्पनका कारण उत्पन्न समस्या, र नजिकिदो दसैँ÷तिहारलाई सो एल्बममा समेटिएको छ ।

लोकदोहोरीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार तथा शब्द संकलक विनोद कार्कीले सो एल्बममा रहेको गित सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्ने खालको रहेको भन्दै सबैको मन छुने बताए । भूकम्पका कारण भत्केका घर, भौतिक संरचना, भूकम्पका कारण गुमेका आफ्न्त, दसैँमा बालबालिकाको चाहनालाई सो एल्बममा समेटिएको छ ।  

दसैँ तिहारलाई समेटेर बजारमा ल्याइएको गितीसंग्रह ‘किन आउँछ दसैँ तिहार फेरी रुवाउनमा शब्द विनोद कार्कीको रहेको छ भने स्वर तेजस रेग्मी र कृष्ण परियारको रहेको छ । सृजन बरालले निर्देशन गरेको सो गितमा केशव सापकोटाको लय रहेको छ भने रमेश दर्लामीले छाँयाकन गरेका हुन् ।

‘किन आउँछ दसैँ तिहार फेरी रुवाउन’ सहित ६ वटा लोकदोहोरी एल्बम ल्याईसकेका कार्कीका पाँच वटा दोहोरी गितहरु ‘के गर्दै छौ अहिले...’, ‘मायाले ज्यान लीयो...’ लगायत निकै चर्चामा रहेका छन् । कार्कीले आफ्ना एल्बमका साथै अन्य लगभग दर्जन गितमा समेत अभिनय गरिसकेका छन् ।

दोलखा जिल्लाको सुरी ९ मा जन्मिएका कार्की सानैदेखि लोकदोहोरीको पारखी भएका कारण आफ्नो इलेक्ट्रोनिक्स होलसेल पसल सञ्चालन गरेरपनि शनिबारको समय संगित क्षेत्रलाई छुट्टयाएको बताउँछन् । परिवारको सहयोगले संगित क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताउने कार्की आफुले यस अघि पश्चिमेली शैलीका एल्बम ल्याएको र आगामी तिन महिना भित्रमा पुर्वेली दोहोरी गिती एल्बम ल्याउने तयारीमा रहेको समेत बताए ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.