अरनिको राजमार्गमा समस्या, ५ मिनेट रुटमा ३ घण्टा लामो जाम
अरनिको राजमार्ग र विपी राजमार्गमा दिनानुदिन सवारी चाप बड्दै जाँदा दुई राजमार्ग छुट्ने ठाउँ (दोबाटो) धुलिखेल सडक खण्डमा दीन र रातमा जाम हुन थालेको छ ।
काठमाडौँबाट साँगा, नालाहुँदै दशैँ मान्न आफ्नो गन्तव्य लाग्नेहरुको भिडले गर्दा, रामेछाप , सिन्धुली, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाका यात्रुहरुको भिडले भरिएको सवारीले गर्दा काभ्रेको सदरमुकाम हुँदै जाने यात्रुहरुलाई सकस भईरहेको बताएका छन् ।
कोशीपारी रमेश गौत्तमले भने, ‘बनेपा सम्म बल्ल आई पुग्यौँ तर धुलिखेलसम्म को जामले गर्दा विहान ७ बजे आइ पुगेका हामी धुलिखेल निस्कनै तिन घण्टा लाग्यो ट्राफिक एक जना पनि देखिएन, भएका पनि होटल र चिया पसल तिर देखियो यसरी राम्रो व्यवस्थापन नहुँदा हामी जस्ता यात्रुहरुलाई ठुलो सकसको यात्रा गर्न बाध्य भएका छौँ ।’
उता जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रहरी निरीक्षक दिपक खड्का भने डिजेल र प्रेट्रोलको लाईनले गर्दा रुटमा तिन लस्कर नअटाउने भएकोले यस्तो समस्या भएको जिकीर गरेका छन् । हरेक चाडहरुमा बनेपा देखि धुलिखेलसम्मको अरनिको राजमार्गमा यात्राको लागी यस्तो समस्या देखिँदे आएको छ ।
स्थानीय व्यवसायी सरोज श्रेष्ठले भने ‘ट्राफीक पनि यसमा जिम्मेवार हुनुपर्ने स्कटीङको समयमा मात्रै देखिन्छन ।’ ट्राफिक मुकदर्शक बनिरहेको आरोप समेत लगाएका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.