गोल्छाले लगाएको आरोपको यूवा संघले अध्ययन गर्ने

काठमाडौँ, १० कात्तिक ।
मंगलबार बसेको युवा सघको स्थायी कमिटिको बैंठकले एमालेकी सभासद् राज्यलक्ष्मी गोल्छाले लगाएको आरोपको अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
संघका उपाध्यक्ष चन्द्र लामाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । ठगित समितिमा संघका सचिव त्रय मञ्जु यादव, हस्त बहादुर शाही र माधव बास्तोला रहेका छन् ।
लामाको संयोजकत्वमा गठिन समितिले स्थलगत अध्ययन गरेर १० दिनमा रिपोर्ट पेस गर्ने संघका प्रवक्ता प्रभात विक्रम कटुवालले बताए । गोल्छाले लगाएको आरोप अनुसार कमजोरी भेटिए आरोपीतलाई विधान अनुसार कारबाही गर्ने उनको भनाई छ । गोल्छाले आफु् पपुलर हुनका लागि लगाएको आरोप निराधार भेटिए कानूनि कारबाहीका लागि राज्यको सहयोग लिने उनले बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.