काँग्रेस,एमाले हारे हामीले जित्यौँ : महरा

काभ्रे, १२ कात्तिक ।
नेकपा माओवादीका महासचिव कृष्ण बहादुर महराले संविधानको घोषण पछि काँग्रेस एमालले हारेको आरोप लगाए । माओवादीको योजना अनुरुप नै लचकता सहित नेतृत्व देखाएपछि उनिहरुले हारेको प्रमाणीत भएको उनको दावी छ ।
बिहीबार काभ्रे आयोजित एक कार्यक्रममा महराले जनआन्दोलन र जनयुद्ध अनुरुप कै संविधान घोषण भएको जिकीर गर्दै काँग्रेस, एमालले चाहेको भए बहुमत हुँदा नै संविधान बनाउँथे, महराले भने,‘ नबनाउनको कारण माओवादीको एजेण्डा नै हो, हामीलाई बाहीर राखेर संविधान जारी गर्न सकेनन्, त्यसैले उनिहरुले हारेका हुन् हामीले जित्यौँ संविधान जारी हुनुमा हाम्रो विशेष पहल रहेको छ ।’
उनले सत्ता साझेदार एमालेसँग सहकार्य गरेको बताँउँदै पार्टी भित्र फैलिएको अनेक हल्लाहरु मिथ्या रहेको दावी गरे । उनले अघोषित नाकाबन्दीको कारणले देशमा संविधान निर्माण पछि खुसि देखिन कम भएको बताए । कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै हिजोका दिनमा भएका विश्वासहरुलाई आगामी दिनमा पनि बचाई राख्न अपिल समेत गरे । महराले डा। बाबुराम भट्टराईको पार्टी बहिरगर्मन शंका कै भरमा मात्र रहेको बताए ।
‘अझै पनि माओवादीले भने अनुरुपका केही विषयहरु लाई पुर्ण रुपमा संस्थागत गर्न बाँकी छ’ उनले भने, ‘संविधान जारी नभएको थियो भने आफुहरुलाई सङकटमा पार्ने सम्मको क्रियाकलापहरु हुन्थे,माओवादीको पाँच नम्बर प्रदेशमा अझै कुरा मिलेको छै्रन । यि त केही सामान्य विषयहरु हुन् ।’ उनले एमाले काँग्रेसले आफ्ना एजेण्डालाई सस्थागत गर्न सहयोग मात्र गरेको बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.