Powered by Blogger.
आफ्नै मृत्युको खबर सुनेका पासाङ बने उपराष्ट्रपति, यस्तो छ जिवनी

नाम: नन्दबहादुर पुन ‘पासाङ’
जन्म: ०२२ कात्तिक ७ गते
जन्म स्थान: राङसी–९, रोल्पा
आमा :
स्व. मनसरा पुन
बुवा  : रामसुर पुन
छोरा बुहारीहरु : जितेन्द्र पुन-जुनमाया घर्ती र दिपेश पुन÷सविना आले
नाति : न्यूटन पुन
जन्म : राङसी–९, रोल्पामा २०२२ कात्तिक ७ गते बुवा रामसुर र आमा मनसरा पुनको कोखबाट जन्मेका हुन । उनका तीन दिदि बहिनी छन् ।

पासाङको जेठा दाजु वीरबहादुर पुन ईन्जिनियर, साईलो भाई भीमप्रकाश पुन उच्च माविको प्राचार्य, काईलो भाई दिपक पुन शिक्षण पेशा छाडेर खेती किसानीमा छन् । कान्छो भाई कमल भने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुँदा ०५९ मा मारिए । जनयुद्धमा उनकी श्रीमती हस्तामाली पुन स्थानीय पार्टी कमिटिमा रहेर काम गरे । उनका जेठा छोरो जितेन्द्र र कान्छो छोरो दिपेश पनि सानै उमेरमा पढाई छाडेर बन्दुक बोकेर जनयुद्धमा सहभागी भएका थिए ।

शिक्षाः 
जाखरबाट तीन कक्षा उत्तिर्ण गरेपछि तत्कालीन निमावि राङसीमा भर्ना भए, त्यहींबाट २०३७ सालमा ७ कक्षा उत्तिर्ण गरे । माध्यामिक तहको अध्ययन पुरा गर्न सदरमुकाम लिबाङस्थित बालकल्याण माविमा भर्ना भए । तर विद्यार्थी संगठनमा आबद्ध भएर सक्रिय राजनीतिक गरेको आरोपमा विद्यालय प्रशासनबाट उनलाई अवरोध भयो ।

प्रहरीले वारेण्ट जारी ग¥यो । स्कूल प्रशासनको स्कूल वा राजनीति छाड्नुपर्ने चेतावनीपछि २०३९ सालमा ९ कक्षा पढ्न थबाङ पुगे । त्यहींबाट २०४२ मा एसएलसी उत्तिर्ण गरे । २०४५ मा महेन्द्र बहुमुखी क्याम्पस दाङमा भर्ना भएर उच्च शिक्षा हाँसिल गरे । औपचारिक शिक्षाबाहेक उनले सैन्य विज्ञान, राजनीतिक दर्शनको अध्ययन गरे ।


विवाह  

उनले कक्षा ९ मा पढ्दै गर्दा ०३९ मा जंकोट–१, माडिचौर निवासी हस्तमाली पुनसँग प्रेम विवाह गरे ।


प्रारम्भिक विद्यार्थी राजनीति

२०३७ सालमा निमावि राङ्सीमा कक्षा ७ मा पढ्दा उनी अनेरास्ववियू छैटौंको ईकाई अध्यक्ष थिए । त्यहींबाट दोस्रो जिल्ला सम्मेलनको प्रतिनिधि भएर गए । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित ग¥यो ।

महराको सरल स्वभाव र पढाउने शैलीले उनलाई आकर्षित ग¥यो । संगठन बनाउन र कम्युनिष्ट आन्दोलनबारे अध्ययन गर्न पनि महराले प्रेरित गरे ।

२०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । लिबाङमा ८ मा पढ्दै गर्दा रोल्पा जिल्लाबाट प्रतिनिधि भएर गएका थिए । सो सम्मेलनबाट लिलामणी पोखरेल अध्यक्ष भए । खुसीराम पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली ओराली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ पासाङ सम्झन्छन् ।

सम्मेलनबाट फर्केपछि प्रशासनले वारेण्ट ग¥यो । त्यसपछि ८ कक्षा उत्तिर्ण गरी थप अध्ययनका लागि पासाङ सोही वर्ष थबाङ गए । त्यहाँ पनि प्रहरीले पक्रेर तीन रात हिरासतमा राख्यो । २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उनी मशाल समूहको अध्यक्ष भए ।

शिक्षण र खेलकुद  

एसलसी उत्तिर्णपछि पासाङले पार्टी कामको साथसाथै शिक्षण पेशा पनि अंगाले । २०४३ सालदेखि ९ वर्षसम्म पहिले आफूले पढेको निमावि राङसीमा अध्यापन गरे, उनी जाँदा जुन मावि बनिसकेको थियो । अहिले उमावि बनेको छ ।

पूर्व मन्त्री जयपुरी घर्ती, नेकपा–माओवादीकी नेतृ तारा घर्तीलगायतलाई उनले पढाए । पूर्णकालीन भईसक्दा पनि अध्यापनका काम जारी राखे । उनी स्थायी शिक्षक हुन । उनको खेलकुदमा धेरै रुचि छ । विभिन्न खेलमा रुची भए पनि भलिबल उनको प्राथमिकतामा पर्छ ।

वर्गसङ्घर्ष

पासाङमा बाल्यकालदेखि नै लडाकु स्वभाव थियो । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसंघर्ष’मा उनले नेतृत्वदायी भूमिका खेले । जुन संघर्ष जनयुद्धको आधार बन्यो । दर्जनौं विपक्षीलाई लठ्ठीले एकसाथ प्रहार गर्नसक्ने उनको कलाको रोल्पामा अहिले पनि तारिफ हुन्छ, जुन कला उनको बुवाले सिकाउनु भएको हो ।

माओवादी पार्टी नबन्दै तत्कालीन एकताकेन्द्र मशालले २०४८ पछि वाईसिएललाई लडाकु दस्ता बनाएर वर्गसंघर्ष चलायो । त्यसबखत पासाङ वाईसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए । २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन  गाउँगाउँमा साँस्कृतिक कार्यक्रम देखाएर हिंडे ।

टाउकाको मुल्य र पाखुरामा गोली

राज्यविरुद्धमा लागेको आरोपमा प्रशासनले उहाँको टाउकाको मूल्य जनयुद्ध अगाडि नै तोक्यो । मूल्य थियो ३५ हजार । ‘जहाँ भेट्यो त्यहीं मार्न’ भनेर प्रशासनले प्रहरी परिचालन ग¥यो । नेकपा (माओवादी) माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी टार्गेट ग¥यो ।

२०५१ को स्थानीय चुनावका बेलामा फक्रेर १५ दिन हिरासतमा राख्यो । लठ्ठी चलाउन माहिर पासाङले प्रहरीलाई लठ्ठीले ढालेर भाग्दै गर्दा गोली चलायो । उनको पाखुरामा गोली लाग्यो । तर बाँच्न सफल भए । त्यसपछि प्रहरीबाट मेलामै लोकबहादुर घर्ती र मनबहादुर पुन मारिए ।

त्यसपछि उनी पूर्ण भूमिगत भए । प्रहरीबाट बच्नका लागि उनले जनयुद्ध अघि नै आफ्नो घरभित्रबाट २५ मिटर लामो सुरुङ खने । जनयुद्ध सुरु भएको एक महिनापछि उनको आमाको निधन भयो । आमाको अन्तिम पुण्यतिथिमा उनी घरपुग्न सक्ने आशंकामा प्रहरीले छापामा मा¥यो । प्रहरीले त्यो सुरुङबारे थाहा पाएपछि सुरुङमा पासाङलाई त भेटेन उनको काइलो भाई दीपक पुनलाई गोली हानी घाइते बनाएर गिरफ्तार ग¥यो । दीपक झण्डै पाँच वसे ।


पार्टी राजनीति 

२०४६ सालमा तत्कालीन मशालको पार्टी सदस्य भए । उनलाई बासुदेव भन्ने नेताले पार्टी सदस्यता दिए । पछि शैक्षिक गुरु कृष्णबहादुर महराबाट उनले पार्टी सदस्यता नवीकरण गरे । ०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकताकेन्द्र मशालको सदस्य तथा युवक संगठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ सालदेखि नै पूर्णकालीन सदस्य भएर काम गरे ।

एकताकेन्द्र बने लगतै भएको रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सेक्रेटरी रहनुभएको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए ।

पासाङ ०५४ मा पार्टीको क्षेत्रीय व्यूरो सदस्य थिए । ०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा ०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटव्यूरो सदस्य बने । ०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिनु भएका उनले ०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिए । सोही जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिट्व्यूरो सदस्यहरुको निर्वाचनमा स्थायी समिति सदस्यमा निर्वाचित भए ।

सैन्य यात्रा 

२०५२ मा जनयुद्धको थालनी भएको घोषणा गर्न गरिएको चारमध्ये होलेरी आक्रमणमा पासाङ सह–कमाण्डर थिए । रोल्पामा तीनवटा लडाकु दल थिए, ती सबैलाई मिलाएर माओवादीले स्वयम्सेवक दल बनायो र त्यहीं दलले होलेरीमा आक्रमण ग¥यो । माओवादीले फौजी संरचनाको विकास गर्दै जाँदा सबै संरचनाको कमाण्डर बन्दै गए ।

माओवादीले विभिन्न ०५३ मा दलहरुलाई स्क्वायडमा रुपान्तरण ग¥यो, तीनवटा स्क्वायड कमाण्ड उनले नै गरे । २०५५ मा टास्कफोर्स बनायो । त्यसको कमाण्डर पनि उनी नै थिए । २०५६ मा प्लाटुनहरुलाई समेटेर कम्पनी बन्यो, त्यसको कमाण्डर उनीनै भए ।

०५९ मा माओवादीले जनमुक्ति सेनाको व्रिगेड संरचना बनायो, कमाण्डर भए । त्यसपछि बनेको दुईवटा डिभिजनमा उनका पश्चिम डिभिजनको कमाण्डर भए । पूर्वी डिभिजन कमाण्डर वर्षमान पुन भए । लगतै माओवादीले तीनवटा डिजिभन बनायो । पासाङ मध्य, अनन्त पूर्व र जनार्दन शर्मा प्रभाकर पश्चिम डिभिजनको कमाण्डर भए । ०६२ मा भएको बहुचर्चित चुनबाङ बैठकपछि माओवादीले सातवटा डिभिजन बनायो । अध्यक्ष प्रचण्ड सुप्रिम कमाण्डर तथा अनन्त, पासाङ, प्रभाकर र चन्द्रप्रकाश खनाल बलदेव डेपुटि कमाण्डर भए ।

प्रमख सैन्य कारबाहीहरु

पासाङ आफ्नो नेतृत्वमा आक्रमण गर्ने हो भने सबै योजना आफै बनाउथे । परिपक्व तयारी गर्ने र हिम्मतका साथ लडाईंको नेतृत्व गर्ने कुशल नेतृत्व शैलीको अझै धेरैले प्रशंशा गर्छन् । उनको नेतृत्वमा भएको कुनै पनि लडाईं माओवादीले हारेन । ०५२ फागुन १ गते होलेरी आक्रमणमा सह–कमाण्डरबाट सुरु भएको लडाईं त्यसपछि भने प्रमुख कमाण्डर भएर लड् ।

 पश्चिम नेपालमा माओवादीले गरेको ठूलठूला लडाईं सबै उनकै नेतृत्व, रक्की र योजनामा भएका छन्, जुन लडाईं माओवादीले अनिवार्य जितेको छ । प्रहरीमाथि भएको रोल्पाको होलेरी (दोस्रो, जेलबाङ, घर्तिगाउँ, सल्यानको झिम्पे, जाजरकोटको लाहाँ, पाँचकटिया, रुकुमको महत, तकसेरा, रुकुमकोट उनकै नेतृत्वमा भएका हुन् ।

पहिलो सदरमुकाम कब्जा डोल्पाको दुनै, पहिलो क्षेत्रीय सदरमुकाम कब्जा कर्णालीको जुम्ला पासाङकै फौजी नेतृत्वमा भएका हुन् । दाङको घोराही, अछामको मंगलसेन, अर्घखाँचीको सन्धीखर्क, म्याग्दीको बेनी कब्जा उहाँकै नेतृत्वमा भएका हुन् । रोल्पाको गाम, लिस्नेमा तत्कालीन शाहीसेनालाई पराजित गर्दा पासाङ नै कमाण्डर थिए ।

शान्तिप्रक्रियाको नायक

शान्तिप्रक्रिया टुंगिनुमा पनि पासाङको संयमताले धेरै काम ग¥यो । दलहरुले जतिसुकै सहमति वा संझौता गरेको भए पनि पासाङले नचाहेको भए शान्तिप्रक्रिया नटुंगिन सक्थ्यो । शान्तिप्रक्रिया जारी रहँदाभर उनले जनसेनालाई संयमताकासाथ जिम्मेवार बनाएर राखे । सातवटै डिभिजनका कमाण्डरले उनलाई साथ दिए । त्यसमा उनमा भएको सैन्य नेतृत्व कलाले काम ग¥यो ।

शान्तिप्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्र संघ अन्तर्गतको जिएमसीसीको भाइस कमाण्डर रहेर काम गर्ने क्रममा उहाँले जर्मन, स्वीजरल्याण्ड, नेदरल्याण्ड, नर्वे, बेल्जियम, चीन, भारत, वर्मा, थाइल्याण्डलगायतका मूलुकमा पुगेर नेपालको शान्तिप्रक्रियाको बारेमा क्लास दिए ।

दक्ष प्राविधिज्ञ
 
पासाङ सैनिक कमाण्डर तथा राजनीतिज्ञ मात्र नभएर दक्ष प्राविधिज्ञ पनि हुन । जनयुद्धको सुरु भएको एकवर्षपछि उनी आफैले बार बोर बन्दुक बनाए ।

त्यसपछि प्राविधि विभागको प्रमुखको जिम्मा पनि सम्हालेर थ्री–नट–थ्री राईफल, कतुवा पेस्तोल, टु–इन्च मोर्टार, ८१ एमएम मोर्टार सेल बनाए । पछि जनसेनाले जनसैन्य प्रतिस्ठान बनायो, अलग्गै प्राविधिक विभाग बनायो, त्यो विभागले हतियारहरुको आविस्कार पनि गर्दै गयो ।

पुस्तक र साहित्य

जनयुद्धमा माओवादीले बनाएको सैन्य संरचनाका लागि आवश्यक पर्ने सैन्य कोर्श पासाङले नै बनाए । त्यसक्रममा उहाँले माओको बेसिक ट्याक्टिस, क्लसबीथको अन वार, सञ्जुका आर्ट अप वारलगायतका सैन्य विज्ञानका पुस्तकहरुको अध्ययन गरे । आफ्नो अनुभव र ती पुस्तकहरुको अध्ययनको आधारमा उनले ‘आधारभूत सैन्य शिक्षा’ कोर्स तयार पारे । त्यो कोर्स भाग १ देखि भाग ५ सम्मको छ । त्यहीं कोर्शको आधारमा माओवादीले युद्ध लड्यो ।

मृत्यु नजिक

पासाङ जनयुद्ध अगाडि, जनयुद्ध र जनयुद्ध पछाडि गरि दर्जनाँै पटक मृत्युको मुखबाट फर्के । जनयुद्ध सुरु हुनु अघि ०५१ मै प्रशासनले उहाँको टाउकोको मूल्य तोकिएको थियो । ९ मंसिर ०५१ मा उनको घरनजिकै चल्ने स्थानीय मेलामा प्रहरीले प्रहार गरेको गोली उनको छातिमा लाग्यो ।

त्यहाँबाट भागेर बाँच्न सफल भए । २१ चैत ०५६ मा उहाँकै नेतृत्वमा लडाकु दलले रुकुमको तकसेरामा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गर्दा प्रहरीको जवाफी फायरको गोली उनको आँखा छेवबाट गयो । जसले गर्दा उनको आँखाको एउटा आ“खा क्लियर छैन ।

२४ वैशाख ०६९ मा तत्कालीन जनमुक्ति सेनाले रोल्पाको गाममा रहेको तत्कालीन शाही नेपाली सेनाको व्यारेकमाथि हमला ग¥यो । आक्रमणका कमाण्डर पासाङ सहयोगीसहित व्यारेकतर्फ बढ्दै गर्दा प्लाटुन कमाण्डर धर्मेन्द्रले उनलाई रोकेर आफु अगाडि बढ्े । आर्मीको गोली धर्मेन्द्रलाई लाग्यो । र, उनको सहादत भयो । धर्मेन्द्रले पासाङलाई रोकेर अगाडि नबढेको भए त्यो गोली पासाङलाई लाग्नेवाला थियो ।

आफ्नै मृत्युको खबर

जनयुद्धको दौरान पासाङले थुपै्रपटक आफ्नो मृत्युको खबर सुनेका थिए । केही मुत्युको खबरको आफैले खण्डन गरेका थिए । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा रहेको आर्मी क्याम्पमा तत्कालीन जनमुक्ति सेनाले आक्रमण गर्दा रेडियो नेपालले ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादीहरू मारिएका छन् ।

हालसम्मको ठूलो क्षति माओवादी आतंककारीहरूले बेहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका गरिएको छ’ भनेको थियो ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.