Powered by Blogger.
दुई लाख ५० हजार चीनिया पर्यटन नेपाल भित्रयाउने


काठमाडौँ, १७ असोज । 

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एसोसियसन (नाट्टा)ले २०१६ मा नेपालमा दुई लाख ५० हजार चीनीया पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।  चाइना नेशनल टुरिजम अपरेटर (सिएनटिए)को तथ्याङ्क अनुसार चीनबाट सन् २०१४ मा एक लाख २५ हजार चीनीया पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यो सख्यालाई बढाएर सन् २०१६ मा दुई लाख ५० हजार पुर्याउन नाट्टाले चीनीया कलाकार मिङ याङ जियाङ ‘ओशन’लाई एम्बेस्डर बनाएको आइतबार नाट्टाद्वारा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष डिबि लिम्बु बताए । जियाङ्गको भूमिकाले आगामी दिनमा चिनीयाँ पर्यटक आगमनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको जनाएको छ । यसका लागि विभिन्न ट्रेड फियरहरुमा भाग लिने उनको भनाई छ ।  नाट्टाले नेपालको पर्यटन प्रवर्दनका लागि विभिन्न कार्यक्रम गर्दै २० औँ अधिवेशन सम्पन्न गरेको छ । ‘नयाँ उत्साहका साथ पर्यटन पुनस्र्थापना गरौँ’ भन्ने नाराका साथ मनाईएको अधिवेशन सोचेभन्दा सफल भएको जनाएको छ ।

अधिवेशनका अवसरमा नाट्टाले पर्यटन प्रवद्धनार्थ फार्म ट्रीप, अवार्ड वितरण लगायतका विभिन्न गतिविधिहरु गरेको थियो । यसक्रममा संस्थाले २४ सेप्टेम्बरदेखि ३० सेप्टेम्बरसम्म विभिन्न मुलुकबाट आमन्त्रित पत्रकार, टुर अपरेटरहरुलाई राजधानीसहित पोखरा, लुम्बिनी, चितवन लगायतका पर्यटकीय गन्तव्यहरुमा फार्म ट्रिप आयोजना गरेको थियो । भूकम्पपछि नेपाल सुरक्षित छ भन्ने सन्देश दिने हेतुस्वरुप आयोजना गरिएको बताइएको छ । 

नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कदरस्वरुप अधिवेशनमा आमन्त्रित चर्चित चलचित्र निर्माता एरिक भ्यालीलाई सम्मान गरिएको थियो । क्याराभान, एभरेष्टजस्ता चर्चित फिल्मका निर्माता फ्रान्सेली नागरिक एरिक भ्यालीलाई सम्मानस्वरुप नाट्टाले सगरमाथा पुरस्कारसहित संस्थाको आजिवन मानार्थ सदस्यता पनि प्रदान गरेको थियो ।

नाट्टाले दक्षिण एसिया पर्यटन महासंघलाई सार्क सचिवालयको मान्यता प्राप्तीका लागि आवश्यक प्रकृयाका लागि अघि बढाउने निर्णय गरेको पनि संस्थाद्धारा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि आयोजित कार्यक्रमहरु अपेक्षित सफल रहेको संस्थाले दाबी गरेको छ । आमन्त्रित सबै अतिथीहरुबाट सकारात्मक प्रतिक्रिया पाएका कारण मुलुकको पर्यटनले आगामी दिनमा गति लिने संस्थाको विश्वास छ ।

नाट्टाले मौद्रिक नीतिमा सुधार ल्याएको भन्दै नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षत्रिलाई नाट्टा भाष्कर अवार्ड –२०१५ तथा पर्यटन पत्रकारीताको माध्यमबाट पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै विभिन्न सञ्चारमाध्यम सम्वद्ध चार जना पत्रकारहरुलाईसमेत सम्मान गरेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.