दोलखामा औषधीको संकट
दोलखा, ३ मंसिर ।
विगत महिनादेखि जारी नाकाबन्दीका कारण दोलखामा पनि औषधीको अभाव सुरु भएको छ । दोलखामा पनि अहिले ज्वरो आएका विरामी बालबालिकालाई खुवाइने औषधी लगायत औषधीको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
एक दुइ दिनमा पनि औषधी नआए दोलखामा ठुलो समस्या हुने कार्यालयका प्रमुख डा. माधव लम्सालले बताए । जिल्लामा अहिले त्यति समस्या देखिएको छैन लम्सालले भने, ‘विकल्पका रुपमा केही खोजिरहेका छौ, एक दुइ दिनमा पनि औषधी नआए भयङकर समस्या आउन सक्छ ।’ साथै उहाले इन्धन अभावले यातयात संचालन नुहदा स्वास्थ्यचौकीसम्म विरामी आउन नसकेर अर्को समस्या आएको जानकारी दिए ।
कार्यलयका प्रमुख डा. लम्सालले दोलखामा संचालन हुने एम्बुलेन्सका लागी भने पेट्रोल उपलध्ध गराइरहेको बताए । जिल्ला प्रशासन कार्यलयसग समन्वय गरी उच्च प्राथमिकता दिदै एम्बुलेन्स सेवा संचालन भइरहेको उनले जानकारी दिए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.