बोर्डले तत्काल नयाँ सिईओ पाउँछः मन्त्री पोखरेल
संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले आफु मन्त्री भएपछि हिँड्दै ठमेल गएको र ठमेलमा पर्यटकले भोग्ने समस्याका बारेमा जानकार रहेको बताए । राजधानीमा आयोजीय पत्रकार सम्मलेनमा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
उनले थपे, ‘यसका लागि सरकारले जग्गाको व्यवस्था गर्छ, भौतिक संरचना स्थानीय व्यवसायीले गर्नु पर्छ ।’ पर्यटकको मुटु ठमेलमा पर्यटककै लागि अत्यावश्यक तर सामान्य कुराको समेत अभाव हुनु दुःखद विषय रहेको भन्दै यो समस्या तत्काल समाधान गर्न पहल गर्ने मन्त्री पोखरेलले उद्घोष गरे ।
कार्यक्रममा मन्त्री पोखरेलले पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) नभएका कारण समस्या देखिएको भन्दै तत्कालै सिईओ नियुक्त गर्ने बताए । सिईओ नियुक्त गर्ने विषयमा लोकसेवा आयोग लगायतका सरोकारवाला निकायसँग छलफल भएको उनको भनाई छ । बोर्डमा सिईओ नभएका कारण तदर्थवाद हावी भएको भन्दै अब दुई मिनेट पनि तदर्थवाद नटिक्ने मन्त्री पोखरेलले घोषणा गरे ।
कार्यक्रममा मन्त्री पोखरेलले जहाज नभएका कारण इन्धन ल्याउन असहज भएको जनाए । उनले भने, ‘भारतले गरेको अघोषित नाकाबन्दीको समयमा आफ्नो जहाज भएको भए तेस्रो मुलुकबाट इन्धन ल्याउन सहज हुने थियो, त्यो हुन सकेन । मैले आठ वटा जहाज खरिद गर्ने भनेको छु, यो मेरो लोकप्रीय भाषण मात्र हैन,तत्काल यो प्रकृया अघि बढने छ ।’
आफु निर्णय गर्ने भन्दा पनि कार्यान्वयन पक्षमा बढी महत्व दिने भएकाले देशका ७५ वटै जिल्लामा विमानस्थल निर्माण गर्ने योजनामा रहेको सार्वजनिक गरे । सबै जिल्लामा जहाज बस्ने विमानस्थल बनाउन नसके पनि हेली प्याडसम्म बनाएरै छाडने उनको धारणा छ ।
आफु मन्त्री भए लगत्तै विमानस्थलको शौचालय सफा राख्ने भन्दा केहीले आश्चर्य माने पनि यो काम सुरुहुन थालिसकेको छ, मन्त्री पोखरेलले भने,‘म हिँजो(बिहीबार) ८ बजे देखी ११ बजेसम्म विमानस्थल परिसरमा ज्वारीकोट र पाइन्ट लगाएर गएको थिए, कसैले चिनेनन्, त्यो अवधिमा मैले निकै समस्या देखेको छु, त्यो अहिले भन्दिन काम गरेर देखाउँछु ।
मन्त्री पोखरेलले देशको संघिय संरचना अनुसार आफुले नयाँ कानून बनाउन लागेको र १० वर्षे गुरुयोजना अनुसार काम सुरु गरेको भन्दै आफुले सुरु गरेको काम अर्को मन्त्री आएपछि बदलेर अर्को शैलीमा गर्न नपर्ने समेत दावी गरे ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.