भूकम्पका कारण धान उत्पादन २० प्रतिशतले घटने
दोलखा, ५ मंसिर ।
यस वर्ष दोलखामा धान उत्पादन २० प्रतिशतले कम हुने जिल्ला कृषि विकास कार्यालयले अनुमान गरेको छ ।
भुकम्पले खेतका गह्रा फाटेका कारण किसानहरुले धान खेती नगर्नु र समयमा पानी नपरेका कारण यो वर्ष धान उप्पादन कम हुने कृषि विकास कार्यलय दोलखाकी नायव प्राविधिक सहायक राधिका बुढाथोकीले जानकारी दिए ।
दोलखामा धान काट्ने कार्य अन्तिम चरणमा आएको उनले बताईन । उत्पादन भएको एकीन डाटा नआएपनि प्रारम्भिक अनुमान गर्दा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन घट्ने कार्यालयले जनाएको छ ।
दोलखामा धान काट्ने कार्य अन्तिम चरणमा आएको उनले बताईन । उत्पादन भएको एकीन डाटा नआएपनि प्रारम्भिक अनुमान गर्दा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन घट्ने कार्यालयले जनाएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.