पेस्तोल खेलाउँदा बालिकाको ज्यान गयो
दोलखा,१२ मंसिर ।
भीमेश्वर ७ स्थित सार्कीस्वारा टोलका १० महिने बालिका रेष्मा चौलागाईको पेस्तोल खेलाउँदा ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले रेष्माका बाबु रामकृष्ण चौलागाई घाइते भएको बताए । मृतकका काका राजकुमार चौलागाईले दाईले पेस्तोल देखाएर खेलाउने क्रममा पड्किएको र काखमा रहेकी छोरीको निधारमा लागेको बयान प्रहरीसमक्ष दिएका छन् ।
प्रहरी नायव उपरीक्षक पाण्डेले स्थलगत अनुसन्धानको क्रममा घटनास्थलमा कटुवा पेस्तोल भेटिएको र पेस्तोल पडकिदाँ बालिकाको ज्यान गएको मृतकका आफ्न्तले समेत स्वीकारको जानकारी गराए ।
घटना हुँदा मृतकका काका राजकुमार चौलगाई समेत सँगै रहेको र सो पेस्तोल पनि सिंगटीमा भेटेर उनैले ल्याएको स्वीकार गरेका छन् । प्रहरीले भने घटना स्थलमा गोलिको खोका नभेटिएको र हतियार अरु पनि प्रयोग हुन सक्ने भन्दै थप अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानको लागि भन्दै मृतकका बु्बा र काकालाई प्रहरीले नियन्त्रणमा राखेको छ । मृतकका आफ्न्तले भने टिभि पड्कीएर बालिकाको ज्यान गएको भन्दै घटनाको ढाकछोप गर्ने प्रयास समेत गरेका थिए । स्रोत अन्नपूर्ण

0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.