Powered by Blogger.
मधेसी दलले गलत प्रचार गरेः राजदुत राय


काठमाडौँ, १८ कात्तिक ।

नेपालका लागि भारतीय राजदूत रणजीत रायले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) नेता माधवकुमार नेपालसँगको भेटमा मधेसी दलले गलत प्रचार गरेको आरोप लगाए ।

उनले भारतले नाकाबन्दी नगरेको र मधेस केन्द्रित दलहरुको आन्दोलनलाई भारतले सहयोग गरेको भनी गरिएको प्रचार सत्य नभएको उल्लेख गरे । भेटमा भारतीय राजदूत रायले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धमा केही समस्या देखिएको र नेपालमा भारतप्रति नकारात्मक भावनाको बृद्धि भैरहेको प्रति चिन्ता व्यक्त गरे ।

केही दिन पहिले सरकार तथा आन्दोलनरत पक्षको वार्ता सकारात्मक भएको समाचारसँगै आफुहरुपनि खुसी भएको कुरा उल्लेख गर्दै उनले नेपालको आन्तरिक समस्या समाधान होस् र नेपालका राजनीतिक पार्टीहरु मिलेर मुलुकलाई सम्बृद्धिको बाटोमा अघि बढाउन् भन्ने भारतीय चाहना रहेको कुरा समेत उल्लेख गरे ।

जफमा पूर्व प्रधानमन्त्री नेपालले नेपालको आन्तरिक समस्या सकेसम्म सर्वसम्मत र नसके पनि अधिकतम सहमतिका आधारमा समाधान गर्न दलहरु प्रतिबद्ध रहेको कुरा उल्लेख गर्दै आपूर्ति समस्याका कारण नेपाली जनताले पारहेको कष्टप्रति संवेदनशील हुन राजदूत मार्फत भारत सरकारसँग आग्रह गरे ।

उनले नेपालमा भारत विरोधी धारणा विकास हुनमा के–कस्ता कुराहरुले प्रभाव पा¥यो भनी विशेष अध्ययन गर्नुपर्ने र त्यसको आधारमा समाधान खोज्नुपर्ने कुरा समेत उल्लेख गरे । अहिले देखिएका समस्याहरु समाधान गरी नेपाल–भारत सम्बन्धलाई पूर्ववत एवम् थप बलियो बनाउने विषयमा कुराकानी भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.