चेलीबेटी बेचबिखन नगर्न सरकारलाई आग्रह
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद खनालले हाउस मेडका नाममा सरकारले चेलीबेटी बेचबिखन गरेको आरोप लगाए । सरकारले सम्बन्धीत देशसँग श्रम सम्झौता नगरी कामदार पठाउँदा उनीहरुको सुरक्षा खतरा बढने उनको भनाई छ ।
सरकारले सम्बन्धीत देशमा श्रम सम्झौता नगरी पठाँउदा विदेशी डान्सबारमा काम गर्न बाध्य भएका, शारीरिक तथा मानसिक यातना भोग्नु परेको उनको तर्क छ । दुई देशबिच सम्झौता नगर्दा नेपालको हली प्रथा जस्तै व्यवहार विदेशमा पुगेर सहनु पर्ने भएकाले तत्काल श्रम सम्झौता गर्न सरकारलाई आग्रह गरेका छन् ।
घरेलु महिला कामदार खुल्ला गर्न सरकारले सरोकारवाला निकाय संघसँग कुनै पनि अघि बढेकाले सो निर्णयको संघले विरोध गर्ने खनालले बताए । उनले श्रम सम्झौता गरेर मात्र घरेलु कामदार पठाउनुपर्ने उनले सरकारलाई सुझाव दिए । ‘कामदारलाई अफ्ठयारो पार्नेगरी घरेलु कामदार पठाउन हुन्न’ उनले भने । देश सबैतिरबाट आक्रान्त बनिरहेका बेला रेमिट्यान्स संकुचित बनाउन नहुने उनको भनाई थियो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सचिव रामप्रसाद आचार्यले वैदेशिक रोजगार व्यवसायीहरुलाई देश बिर्गान र आफू मात्र धनी बन्ने काम नगर्न चेतावनी दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको चियापान कार्यक्रममा सचिव आचार्यले कामदारको हितलाई ख्याल गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेका हुन् । सचिव आचार्यले कुनै नीतिगत निर्णय गर्दा व्यवसायीसँग छलफल गरेर मात्र अघि बढ्ने जानकारी दिए ।
‘कल्पना गरेर मात्र वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान हुन सक्दैन्’–उनले भने–‘सबै समस्या समाधान गर्न छलफल आवश्यक छ ।’ विद्यमान वैदेशिक रोजगार ऐन, नियमभन्दा बाहिर गएर कुनै काम नगर्ने उनले बताए । कुनै पनि ऐन, नियम स्थायित्व हुन नसक्ने उनको भनाई छ । वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार लागिपरेको जानकारी गराए ।
संघका महासचिव रोहन गरुङले सरकारले हालै घरेलु कामदार पठाउन ४९ कामदार पठाउन छनौट र निर्देशिका बनाएकोमा असन्तुष्ट पोखे । छनौट भएका म्यानपावरले घरेलु कामदार पठाए संघको सदस्यता खारेज गर्ने बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.