मधेशमा दुई प्रदेश मोर्चाको हैन, भारतको मागः भट्टराई

नेकपा (एमाले)का केन्द्रिय प्रचार विभाग प्रमुख एवम सचिव योगेश भट्टराईले मधेशमा दुई प्रदेश संयुक्त मधेसी मोर्चाको माग नभएर भारतको माग भएको आरोप लगाए ।
छिमेकी मुलुक भारतको उक्साहटमा मधेसी नेताहरुले उठाएको मधेशमा दुई प्रदेश कुनै हालतमा सम्भव नहुने बताए । नेकपा (एमाले) डाँगीहाट गाँउ कमिटिले मोरंगको भानुभत्त इंग्लिस स्कुलमा आयोजीत चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा भटट्राईले यस्तो धारणा राखेका हुन् ।
तत्कालिन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुदेखि इन्दिरा गान्धी हुँदै अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी समेतले नेपाललाई भारतमा विलय गराउने निरन्तरता भएको पनि उनले बताए । नेपालको संबिधानप्रती असहमती जनाउने बहानामा भारतले नेपाललाइ टुक्रयाउने खेल खेलिरहेको उनले आरोप लगाए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.