समाजको साधारणसभा पुस १७ मा, नयाँ कार्य समिचि चयन हुने
काठमाडौँ, ५ मंसिर ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को वार्षिक साधारणसभा आगामी पुस १७ गते हुने भएको छ । सभाले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ ।
सहकारी पत्रकारहरुको साझा संगठन सिजेएन कार्यसमितिको शुक्रबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभा गर्ने घोषणा गरेको हो ।
सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजागार गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा समाजको गठन भएको थियो ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.