Powered by Blogger.
दोलखामा भूकम्पपीडितलाई चेलीको सहयोग


दोलखा, २१ मंसिर ।

दोलखाका भूकम्पपीडितहरुलाई सहयोग गर्न चेलीबेटीहरु माइति गाउँमा सकृय हुन थालेका छन् । भूकम्पपछि करिब ९९ प्रतिशत भौतिक संरचनामा क्षति पुगेको दोलखाका बृद्धबृद्धा र विद्यार्थीका लागि सहयोग पुर्‍याउन दोलखा बजारका चेलीवेटीहरु सक्रिय भएका हुन् ।

दोलखा म्यासमुचा खलक (दोलखा चेलीवेटी समाज)को आयोजनामा उपत्यकास्थित चेलीबेटीको तर्फबाट भीमेश्वर नगरपालिकास्थित त्रिपुरासुन्दरी निमाविका १ सय ५२ विद्यार्थीलाई स्वीटर हस्तान्तरण गरिएको छ ।

म्यासमुचा खलककी सकुना श्रेष्ठले गौरशंकर वलगृहका बालबालिकालाई १ लाख, भीम उच्च माविलाई १ लाख, राजकुलेश्वर निमाविलाई १ लाख, त्रिपुरा सुन्दरी निमाविलाई १ लाख, पशुपति कन्या माविलाई १ लाख, ताम्रकौशिका निमाविलाई ५० हजार, फुलपा प्राविलाई ३० हजार, तिखातल प्राविलाई ३० हजार हस्तान्तरण गरिन् ।  

उनले वाल मन्दिरका ५४ जना विद्यार्थीलाई स्वीटर उपलब्ध गराइन् भने दोलखा बजारभित्रका २ सय जेष्ठ तथा एकल महिलाका लागि साडी, चोलो, उलन ओड्ने कपडा उपलब्ध गराएका छिन् । त्यसैगरी जफे स्थित चनौटेमा महिला स्वयंसेवीहरुलाई १ लाख १२ हजारको सामाग्री पनि उपलब्ध गराइन् ।

स्वर्गीय नानीकुमारी श्रेष्ठ र स्वर्गीय केशवला मलेकुको सम्झनामा संगीतमय आध्यात्मिक दार्शनिक प्रवचन कार्यक्रमका बीच भूकम्पपीडितलाई सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सभासद तथा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाईंले आफै पीडामा रहेका बेला पनि दोलखाली चेलीवेटीले गरेको समाजसेवाप्रति सरहना गरे । 

उनले सहयोगी हातहरुले भूकम्पपीडितको दुस्खमा मलहम लगाउने कार्य भइरहेको बताए । यसअघि पनि दोलखाका चेलीवेटीको पहलमा माइती गाउँको सास्कृति संरक्षेण अभियान अन्तर्गत मन्दिर निर्माण भएको म्यासमुचाकी अध्यक्ष ज्योति सैंजुले बताइन् ।
स्रोत कान्तिपुर दैनिक ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.