यूएईमा खुल्यो दोलखा सेवा समाज
काठमडौँ, २१ मंसिर ।
रोजगारीका लागि संयुक्त अरब ईमिरेट्स (युएई) पुगेका दोलखाबासीले दोलखा सेवा समाज नामक संस्था गठन गरेका छन् ।
नवराज बस्नेतको सम्योजकत्वमा २५ सदस्यीय मुल समिती गठन गरिएको सो संस्थाले विभिन्न सामाजिक काम गर्ने बताइएको छ ।
फेब्रुवरी पहिलो हप्तामा समाज गठन गर्ने गरी बस्नेतको सम्योजकत्व र पुष्कर अधिकारी सहसम्योजकमा उक्त समिती गठन गरिएको छ ।
भेला सम्पन्न गर्नको लागि आर्थिक र प्रचार प्रसार उपसमिती समेत बनाईएको छ । युएईमा नेपालबाट युएई आएका नेपालीहरुले आफ्नो जिल्लालाई सहयोग गर्ने मनसायले बिभिन्न जिल्लागत समाज गठन हुने गरेका छन ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.