धुर्मुस सुन्तली फाउन्डेशनद्वारा भिरकोट माझी गाँउका ७५ परिवारलाई सिरक वितरण
दोलखा, ६ पुस ।
ध्रुमुस सुन्तली फाउन्डेशनले दोलखा जिल्ला भिरकोट गाविस माझी गाँउका ७५ परिवारलाई सिरक वितरण गरेको छ । फाउन्डेशनको तर्फबाट चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले आइतबार सो सहयोग गरेका हुन ।
१२ वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनका कारण घरमा क्षतिपुगेछि स्थानीय अस्थायी आवास बनाएर बस्न बाध्य भएका छन् । भूकम्पपछि सरकारी निकायले सहयोग नगरेका कारण घर निर्माण गर्न नसक्दा स्थानीय जस्ताको अस्थायी घर बनाएर बस्न बाध्य बनेका छन् ।
चिसोको मौसममा जस्ताबाट शित चुहिने,जस्ता कारण स्थानीय रातको समयमा समेत सुत्न सक्ने अवस्था नरहेको स्थानीयको भनाई छ । सरकारले समयमा नै सहयोग नगर्दा स्थानीयले न्यानो सिरक समेत खरिद गर्न नसकेको स्थानीयको भनाई छ ।
यस्तो अवस्थामा फाउन्डेशनले गरेको सहयोगले स्थानीय निकै हर्षित बनेका छन् । साथै चर्चित हाँस्य कलाकार धुर्मुसले आइतबार जिल्ला प्रशासन कार्यालयमा सरसफाई समेत गरेका छन् ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.