दोलखा सदरमुकाममा सार्वजनिक शौचालय नहुनु लज्जास्पद: धुर्मुस
चर्चित हाँस्य कलाकार सिताराम कट्टेलले दोलखाको सदरमुकाम चरिकोटमा सार्वजनिक शौचालय नहुनु लाजमर्दो विषय भएको बताए । नेपाल सरकारको सरसफाई दुत समेत रहेका कलाकार कट्टेलले सदरमुकमा चरिकोटमा सरसफाईपछि आयोजित कोण सभामा सो कुरा बताएका हुन ।
विभिन्न ठाँउमा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भईरहँदा सदरमुकाममा सार्वजनिक शौचालय समेत नहुनु लाजमर्दो विषय भएको भन्दै तत्काल आवश्यकता हेरेर सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गरेका छन् । स्थानीय निकायमा शौचालय निर्माण गर्न आर्थिक अभाव भएमा आफैले शौचालय निर्माण गरिदिने समेत उद्घोष गरेका छन् ।
जिल्लाको सामुदायिक अस्पताल देखि बसपार्कसम्म गरिएको सरसफाईमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी तथा स्थानीय बासिन्दाको सहभागित रहेको थियो । सो सरसफाई कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधीको भने उपस्थिती नरहेको कट्टेलले बताए ।
‘जो जो आउने भन्नु भएको थियो उहाँहरुलाई देखिएन, राजनीति कार्यक्रम भईदिएको भए सबैको उपस्थिती रहने थियो, बिहानै देखि फोहोर सफा गर्न मन नलागे, लाज–घिन मानेर नआउँनु भएको होला ।’ कट्टेलले भने,‘म टाढाको मान्छेत गएर सरसफाई गरे, आफ्नो टवाईलेट, सर आँगन, टोल सफा गर्न सकैलाई पनि अरुले सिकाउनु राम्रो होईन ।’कट्टेलले सुरु गरेको यो सरसफाई अभियानलाई दोलखा यूनाईटेड क्लब र समाज उत्थान क्लब दोलखाले निरन्तरता दिने भएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.