भूकम्पमा परिवार गुमाएकी चरिमाईलाई दुई नातिनी पाल्ने चिन्ता
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEizQHr-77xJNVQrckCZYjz4FJR47Kwgz9RfrhG10fl3-rPVMqOmydxPAyafcMa5k3mqSHzSaAYm6xR_w_zAVcLG7RCSF0x4Mx1_PFIr8J6s4_y8doTvHr_eVsLZ2-_o2iQREjhibrYAGIwg/s640/12431605_949430721811285_1902083670_n.jpg)
गोकर्णप्रसाद भण्डारी, दोलखा, ८ पुस ।
दोलखाको लादुक गाविस–६ घर भएकी चरिमाई तामाङ उमेरले ७२ वर्ष भईन । सुविस्तामा बस्ने उमेर भयो तर उनले त्यो पाएकी छैनन् ।
भूकम्पपीडित चरिमाईले वैशाख २९ गतेको भूकम्पमा आफ्ना श्रीमान् त गुमाईन श्रीमानसँगै आफ्नो सम्पूर्ण जायजेथा पनि गुमाइन । अब उनको घरमा २ जना नातिनी मात्रै बाँकी छन् ।
चरिमाईलाई अहिले आफ्नी छोरीका २ वर्षीय सजिना तामाङ र ३ वर्र्षीय लालमाई तामाङको पालनपोषण र भविष्यको चिन्ताले पिरोल्छ । उनको छोरीको श्रीमान् पनि भूकम्प आउनुभन्दा पहिला नै बिते पछि नातिनी छोडेर छोरी बेपत्ता भइन् ।
चरिमाई भन्छिन, ‘एउटा कटेरो समेत छैन म बुढीको । त्रिपालको गोठमा बास छ । खानेकुराको त कुरै नगरुँ । दैवले हामी गरिबलाई पिरोल्नु पिरल्यो । त्रिपालको चिसोले नातिनीहरु दिनदिनै बिरामी पर्छन् । उनीहरुले बारम्बार स्वास्थ्य चौकी वा धामीझाँक्री पु¥याउनुपर्छ चरिमाईलाई । उनको दुखेसो छ,‘ आफ्नै मर्ने दिन आयो हजुर, यी नातिनी कसले पाल्ने ?’
सके त घर नभए पनि यी नातिनीहरु पढाइ दिने कोही दयावान् भएदिए हुन्थ्यो भन्ने उनको आशा छ । अहिले चरिमाईलाई विश्व खाद्य कार्यक्रमको सहयोगमा डिप्रोस नेपालले १५० किलोग्राम चामल र २७ किलोग्राम दाल उपलब्ध गराएको छ । यो सिद्धिएपछि के खाने भन्ने उनमा चिन्ता छ । गाउँलेहरुसँग मागेरै भएपनि लुगाफाटो लगाइरहेको उनी बताउँछिन ।
स्रोत: नेप्लिज
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.