दोलखा अझै जिवित छ (तस्बिरमा दोलखा)
किशोर खड्का
दोलखा, १० पुस ।
१२ वेैशाखमा गएको शत्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पनले पहाडको सुन्दर शहर दोलखालाई पनि तहस नहस बनायो । सुन्दर नगरी दोलखा, जिरी र आसपासको क्षेत्र धुलाम्य भयो । हजारभन्दा बढी मानव चिहानहरु बन्न पुगे । भूकम्पको असर र क्षतिले दोलखा जिल्ला र त्यहाँका बासिन्दा अझै तंग्रिन सकेका छैनन । त्यो कहालीलाग्दो प्राकृतिक विनाश उनीहरुको मानसपटलमा अझै ताजै छ ।
संसारमै भनौं या एक नेपालीले अर्को नेपालीलाई गर्ने मस्ल्याङकन नै किन नहोस हामी जस्तोसुकै समस्यामा पनि हाँस्न सक्छौं । जति नेै बिपत् आईलागे पनि हाम्रो मुहारको चमक र हाँसो भने रहीनै रहन्छ । वैशाख १२ को भूकम्प पश्चात एक जना बिदेशी पत्रकारले आफनो फेसबुक स्टयाटसमा लेखे, म वैशाख १२ को भूकम्प पश्चात नेपालको भक्तपुर क्षेत्रमा रिर्पोटिङ गर्दै थिए ।
रथका लागि तयार पारिएका पांग्रा |
भक्तपुर पनि भूकम्पको प्रभावित मुख्य क्षेत्र मध्ये एक हो । त्यतिबेला एक बृद्धाले मलाई हाँस्दै सोधिन चिया खानुहुन्छ ? पछि थाहाँ भयो उनले भुकम्पमा आफनो छोरा र परिवारका सदस्य गुमाएकी रहिछन । हो यो हो नेपाली मन र सायद यस्तै छन दोलखाली मनहरु पनि ।
आन्तरिक पर्यटकका लागि होस या बाहय दोलखा एक आर्कषक तथा सुन्दर गन्तब्य हो । दोलखा सुन्दर र आर्कषक पर्यटकीय गन्तब्य मात्रै होइन एउटा नमूना र उदाहरणीय जिल्ला पनि हो ।
करिब २५ बर्ष अगाडि स्विस सरकारले बनाएको रोड, ब्यवस्थित जिरी शहर, चिज कारखाना देखि प्राबिधिक शिक्षालय आदि । त्यसैगरी पुरानो नेवार बस्ती रहेको स्थान पनि दोलखा जिल्ला नै हो । पर्यटकीय दृष्टिकोणबाट दोलखालाई हेर्दा सैलुङ, जिरी, दोलखा बजार, भिमेश्वरको मन्दिर, बिभिन्न पुरातात्विक तथा ऐतिहासिक स्थलहरु त्यहाँ अवस्थित छन । त्यसैगरी निकट भविष्यमै बन्न लागेको चलचित्र नगरीले पनि दोलखाको आर्कषणलाई थप चम्काउने छ ।
भूकम्पले हल्लाउन नसकेको चरिकोटमा अवस्थित मन्दिर |
लुक्लामा एयरपोर्ट बनेपछि करिब–करिब अस्ताएको जिरीको पर्यटन अझै पर्यटकको पर्खाइमा छ । वैशाख १२ र २९ को भूकम्पले भत्काएका जिरीका होटेल, घर तथा सम्पदाहरु पुनः निर्माणको क्रममा छन । सायद यो समयमा सरकार र स्थानिय बासिन्दा सजग हुन सके जिरी स्विसले सुरु गरेको सुन्दर शहरको परिकल्पना अनुसार अझै आफुलाई अगाडि बढाउन र ब्यवस्थित शहरको रुपमा स्थापित गर्न सफल हुनेछ ।
चरिकोटबाट देखिएको तामाकोशी नदी |
आफनो शीप, आफनो संस्कृति । गुम्बाको अगाडि मुखले बजाउने बाजा बजाउदै स्थानिय बासिन्दा |
शिव पोखरी मन्दिर |
दोलखा पुग्नु अघि बाटोमा पर्ने सुन्दर झरना |
तस्विरमा दोलखा बजार |
सुन्दर शहर जिरी तस्विरः किशोर खड्का |
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.