जनसहयोगी बचत तथा ऋण सहकारी सस्थाको २० औँ साधारण सभा सम्पन्न
दोलखा, १२ पुस ।
जिरी नगरपालिका,२ मा रहेको जनसहयोगी बचत तथा ऋण सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा सस्थाका सचिव बलराम दाहालले संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष अम्बिका केसीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । यसैगरी लेखा सुपरिवेक्षण समितिका सयोंजक सोनाम शेर्पाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।
संस्थाले माली विकास पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार चन्द्र बहादुर खड्कालाई प्रदान गरेको छ । खड्कालाई नगद ५ हजार ५ रुपैया सहित प्रमाणपत्रले सम्मान गरिएको छ । कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सघं लि (नेफ्स्कुन)का केन्द्रिय अध्यक्ष ऋषिराज घिमिरले उद्घाटन तथा नवनिर्मित भवनको सिल्यान्यास गरे ।
साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रिय संघ लि (नेफ्सकुन) का वरिष्ठ उपाध्यक्ष डिवि बस्नेत, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष जिवशराज खड्का, एफ्रेण्डसिप साकोस जिरीका अध्यक्ष नर बहादुर जिरेल लगाएतले मन्तब्य ब्यक्त गरे ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.