दोलखामा जलाइयो प्रधानमन्त्रीको पुत्ला
दोलखामा निर्माणको तयारी भईरहेको फ्लिम सिटिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्र सार्ने अभिव्यक्ती दिएको भन्दै मंगलबार चरिकोटमा उनको बिरोध भएको छ ।
दोलखाको लाँकुरीडाँडा गाविस स्थित डाङडुङ्गे डाँडामा अन्तराष्ट्रिय स्तरको फ्लिम सिटी निर्माण गर्नका लागी चलचित्र बिकास बोर्डले प्रक्रिया अघि बढाईसकेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा दोलखामा फ्लिम सिटी बन्न नसक्ने दाबी गर्दै त्यसलाई पश्चिमाञ्चाल क्षेत्रमा सार्ने अभिव्यक्ती दिएका थिए ।
ओलीले दोलखामा टुङगो लागेको आयोजनालाई विफल पार्ने षड्यन्त्र गरेको आरोप लगाउदै नेपाली कांग्रेस दोलखाले मंगलबार चरिकोटमा उनको पुत्ला दहन गरेको छ । कांग्रेसको जिल्ला कार्यालयबाट प्रधनमन्त्री ओलीको पुत्ला सहित निस्किएको जुलुसले बजारका बिभिन्न भागको परिक्रमा गरेको थियो । सातदोबाटो चोकमा पुगेर प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि कांग्रेसको जुलुसमा प्रहरीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो ।
हस्तक्षेपमा परी कांग्रेसका जिल्ला सभापति ताराबहादुर कोईराला सामन्य घाईते भएको छन । उनको औलामा चोट लागेको छ । जुलुस पछिको कोण सभालाई सम्बोधन गर्दै कांग्रेसका जिल्ला सभापति ताराबहादुर कोईरालाले कमिशनको पछि लागेर दोलखामा निर्माण हुन लागेको फ्लिम सिटी अन्यत्र नलैजान प्रधानमन्त्रीलाई चेतावनी दिएको थियो । कोईरालाले तत्काल अभिव्यक्ती फिर्ता लिएर निर्माणको काम अघि नबढाए प्रधानमन्त्री विरुद्ध कडा सङघर्षमा उत्रने चेतावनी दिए ।
दोलखा उद्योग बाणिज्य संघ र गौरीशंकर चलचित्र समाज दोलखाले समेत प्रधानमन्त्रीको अभिव्यक्तीको बिरोध गरेको छ । संघका महासचिव हेमराज रिमाल र समाजका अध्यक्ष शम्भु गौतमले मंगलबार बिज्ञप्ती जारी गरी आयोजना विफल गराउने षड्यन्त्र स्वरुप प्रधानमन्त्री अभिव्यक्ती आएको भन्दै त्यसको बिरोध गरेको छ ।
हाम्रा कुरा डटकम
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.