Powered by Blogger.
दोलखालीको मन दुख्न दिन्नः मन्त्री पोखरेल


काठमाडौँ, १६ मंसिर । 
संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले दोलखाबासीको मन दुख्न नदिने बताएका छन् । दोलखाली पत्रकार समाजले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री पोखरेलले आफु मन्त्री भएको समयमा दोलखाबासीको मनमा बस्ने खालका काम गर्ने जानकारी गराएका हुन ।

उनले आगामी २१ दिनभित्र पर्यटन बोर्डले प्रमुख कार्यकारी निर्देशक (सिईओ)नियुक्ती गर्ने बताए ।  बोर्डमा लामो समयदेखि सिईओ नियुक्ती हुन नसक्दा पर्यटन प्रवर्दनका कार्य हुन नसकेको भन्दै यो प्रकृया सुरु भईसकेको जनाए ।

मन्त्री पोखरेलले बोर्डले सिईओ पाउनासाथ रोकिएका काम तत्कालै सुरु हुने समेत दावी गरे । उनले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको संरचना परिवर्तनमा लागेको जानकारी गराए । उनले भने ‘वृद्व बनेको विमानस्थललाई जवान बनाउने योजनामा छु । त्यसका लागि कर्मचारीको साथ र सहयोगको आवश्यकता छ । विमास्थलमा बस्ने काम नगर्ने कर्मचारीलाई बिदाहुन सुझाव दिएको छु ।’ उनले बिहीबार बस्ने मन्त्री परिषदको बैठकले दुई वर्षमा मन्त्रालयले गर्ने कार्यक्रम सार्वजनिक गर्ने समेत खुलासा गरे ।

कार्यक्रममा मन्त्री पोखरेलले देशमा देखिएको वर्तमान समस्या समाधान गर्न विमान आवश्यक रहेको औँल्याए । काग्रो भएकोभए तेस्रो मुलुकबाट इन्धन ल्याउन सकिने थियो , काग्रो नभएका कारण इन्धन अभाव भएको छ । त्यसका लागि वायुसेवालाई बलीयो बनाउदै जानु पर्ने आवश्यक छ । देश सम्बृद्व बनाउने आधार हवाई मार्ग रहेको भन्दै हवाई सेवा विस्तारमा आफु दत्तचित्त भएर लागेको जानकारी गराए ।

फरक प्रसङगमा मन्त्री पोखरेलले मन्त्रालयले पाएको बजेट मध्ये ५४ प्रतिशत मात्र खर्च गरेको छ । अब म थप ३० प्रतिशत बजेट खर्च गर्ने छु । उनले थपे ‘पर्यटक प्रवर्दन गर्नका लागि पशुपति क्षेत्र विकास कोष र ग्रेटर लुम्बीनिका लागि पाँच करोड माग गरिएको उनको भनाई छ । उनले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ९एसआइए० निर्माणमा कुनै कन्जुस्याई नगर्ने उद्घोष गर्दै यसका लागि तत्काल काम सुरु गर्ने बताए । उनले देशभर विमानस्थल आवश्यक रहेको भन्दै यात्रुको चाप हेरेर विमानस्थल निर्माण कार्यले तिब्रता पाउने बताए ।

१२ वैशाखमा गएको भूकम्पका कारण ध्वस्त बनेको पर्यटक प्रवर्दन गर्न नेपालको हित चाहने देशलाई पैसा हैन आफ्नो देशका नागरिक एक साता मात्र नेपाल पठाउन आग्रह गरेको मन्त्री पोखरेलले जानकारी गराए । भूकम्पका कारण पर्यटकको आवगमनमा कमी आएको भन्दै पर्यटक प्रवर्दन गर्न ३१ देशले एराईभल भिषा नपाउने भनिए पनि परराष्ट्र मन्त्रालयलाई आग्रह गरेर सो भिषा उपलब्ध गराउने जानकारी गराए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.