Powered by Blogger.
वर्तमान समस्या समाधान गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिने छुः आचार्य


काठमाडौँ, १३ माघ ।

नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्ट (नाट्टा) का नवनिर्वाचित अध्यक्ष मधुसुदन आचार्य पर्यटकीय क्षेत्रमा देखिएका वर्तमान समस्या समाधानमा लाग्ने बताए । भूकम्पले पर्यटन व्यवसायमा दीर्घकालीन असर पुर्याएको र राजनीतिक अस्थिरता पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौती थपिएको उनको भनाई छ ।

 उर्जा संकटसँगैको इन्धन संकटले फस्टाउदो पर्यटन व्यवसायलाई अपुरणीय क्षति पुर्याएको आचार्यको भनाई छ । नाट्टाको नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) सँगको भेटघाट तथा बधाई कार्यक्रममा आचार्यले सो कुरा बताएका हुन । नोजाका अध्यक्ष मुकुन्द ढुंगानाले नाट्टाका नवनिर्वाचित अध्यक्ष मधुसुुदन आचार्य सहितको कार्यसमितिलाई बधाई दिएका छन् । भेटमा नाट्टाको पर्यटन विकास र प्रवद्र्धनको भावी रणनीति एवं कार्ययोजना बारेमा नोजाका महासचीव सागर श्रेष्ठले पाँच बुँदे प्रस्तावका बारेमा जानकारी गराए ।

अब नाट्टाको प्रमुख कार्यनीति पर्यटन विकासका लागि आन्तरिक पर्यटन प्रवद्र्धनसँगै क्षेत्रीय पर्यटन प्रवद्र्धन रहनेछ । ‘छिमेकी राष्ट्र चीन र भारतको पर्यटक आकर्षित गर्ने योजनामा पर्यटन बोर्डसँगै छलफलमा जुट्नेछौं’, अध्यक्ष आचार्यले भने ।

पर्यटन क्षेत्राधिकार हेर्ने नेपाल पर्यटन बोर्डको ७० प्रतिशत बजेट आन्तरिक पर्यटन प्रबद्र्धनमा खर्च हुनुपर्दछ भन्ने पर्यटन व्यवसायीहरुको भ्वाइसलाई कार्यान्वयनतर्फ लैजान अब नाट्टाले विशेष पहल थाल्नेछ, आन्तरिक पर्यटन प्रवद्र्धन र बाह्य पर्यटन प्रवद्र्धनका लागि नीतिगत र व्यवसायिक भूमिका नाट्टाको रहनेछ आचार्य बताए ।

नाट्टा अब पर्यटन प्रबद्र्धनसँगै पुननिर्माण कार्यमा सरकार र संस्थाहरुसँग सहकार्य गरेर अगाडी बढ्नेछ । बाह्य पर्यटन प्रवद्र्धनका लागि हुने ट्राभल एण्ड टुरको प्रदर्शनीहरुमा पहुँचवाला तथा ठूलो पर्यटन व्यवसायीभन्दा पनि नयाँ कन्सेप्ट र टुर्स अपरेटहरुलाई प्राथमिकता दिने हामीले सोच बनाएको जानकारी गराए । दुई वर्षको कार्यकालमा यसलाई कार्यान्वयनमा ल्याएरै छाडने उनको भनाई छ । ‘चुनावी प्रतिस्पर्धामा उत्रेका पर्यटन व्यवसायीहरुलाई नाट्टामा समेट्दै उहाँहरुको सल्लाह र सुझावलाई लिदै व्यवसायिक पर्यटन विकासका लागि सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ।

व्यवसायिक प्रतिबद्धता हुदाहुदै पनि राजनीतिक प्रतिबद्धता नआएसम्म विकासले गति लिन नसक्ने भएकाले पहिले राजन्नीतिक निकास आउनुपर्यो अनि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्सहान गर्ने नीति राज्यले बनाउनुपर्यो, बन्द हड्ताल, नाकाबन्दी आदिको मार नीजि क्षेत्रको भोगिरहनुपरेको तीतो यथार्थ हो ।

सञ्चारमाध्यममा पनि विकास निर्माणका काम भन्दा पनि बढी राजनीतिक विषयले स्थान र चर्चा कमाउने हुदा नेपालमा विकासले गति लिन नसकेको दुःखेसो आचार्यले बताए । हामी स्वभिमान र राष्ट्रियता कुरा मात्र गर्छौ तर व्यवहारमा लागू गर्दैनौ अनि प्रश्रय पाउँछन् गफ हाँक्ने र सपना देखाउनेहरुले मात्र । गर्नेहरुलाई कहिल्यै सान्तवना समेत पाउदैनन् राज्यबाट । यस्ता कुराहरुको अब सोसल अर्थात अनलाइन मिडियाहरुले उजागार गर्ने ट्रेण्ड बसाल्नुपर्यो । पर्यटक र पर्यटन व्यवसायी लक्षित कुनै ठूलो घटना अथवा दुर्घटनाको अवस्था खेप्नुपरेको थिएन, केही गार्हो अवस्था त थियो तर पूरै अबरोध थिएन तर अहिलेको अवस्थाले पूरै पर्यटन व्यवसयमा अन्यौलता छाएको छ ।

पर्यटक व्यवसायीहरु बुझेरै नाकाबन्दी खुलेपछि आउँछौ, अहिले तिमीहरुलाई नै अप्ठ्यारो छ, भनेर सात्वना दिइरहेका छन् आचार्यले वास्तविकता बताए । भेटमा उपाध्यक्ष सिएन पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटन व्यवसायीहरुको स्थान सुरक्षित राख्ने कार्ययोजनालाई कार्यान्वयन ल्याउने जानकारी गराए । बढ्दो सोसल मिडियासँगै पर्यटन प्रवद्र्धनका लागि अनलाइन पत्रकारहरुसँगै नाट्टाको टीम अगाडी बढने प्रतिबद्धता समेत पाण्डेले गरेका ।

नाकाबन्दी पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौती बन्यो, इन्धन छैन, बिद्युत छैन, अनि पर्यटक बोलाएर के रमिता देखाउने पाण्डेले भने । हामीलेभन्दा पर्यटकहरुले कुरा बुझेका छन् । यस्तो संकटको घडीमा हामी नेपाल आएर तिमीहरु थप दुःखी बनाउन चाहदैनौ भन्छन् नेपाल आउन चाहने विदेशीहरु, हामी आएर त्यहाँ थप इन्धन, बिद्युतको खपत हुन्छ बरु त्यसको केही मेसो मिलाएर आफ्नो व्यवसाय र परिवार चलाउ भनेर सुझाव दिन्छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.