भरुवा बन्दुक सहित बस्नेत पक्राउ
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgQozfLIjk6hekvClEp23dH2kqvSiht6YBVNRn1-S3HJz3XRhQCK2RB_4hAklEKUumKzKvdFhwCFfOpkLz8ZLR4gDrMj6ucEkJweFcXAwh-SIibjKY4fGavm4l3PV9nENFGupmwPd-bf0MW/s320/pastol.jpg)
दोलखा, १९ पुस ।
जिरी नगरपालिका–३ माली बस्ने ४२ बर्षीय राम बहादुर बस्नेतलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका बस्नेतले शनिबार लोड भएको भरुवा बन्दुक बोकी गाउँमा आतंक मच्चाएकोे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.