पवटीको सत्येश्वर उच्चमावि नजिकै खोलामा ट्रक दुर्घटनामा, ६ घाइते
दोलखा,२० पुस ।
दोलखा जिल्लाको पवटी गाविस ४ मा ट्रक दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
सर्लाहीबाट ईंटा बोकेर दोलखाको भैँसेबजार जाँदै गरेको बा३ख १७३७ नम्बरको मिनी ट्रक सत्येश्वर उच्चमावि नजिकैको खोलामा दुर्घटना भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परी पवटी–९ की ५० वर्षीया कमलकुमारी खड्का, ५२ वर्षीया भगवती थपलिया, शैलुङगेश्वर–७ पोखरेका गोपाल विश्वकर्मा, ३७ वर्षीया मनमाया विश्वकर्मा, ५० वर्षीया बिन्दा सिवाकोटी र २२ वर्षीय रामशरण थपलिया घाइते भएको बताइएको छ ।
घाइतेको उपचारका लागि काठमाडौँ पठाइएको बताइएको छ । दुर्घटना लगत्तै ट्रक चालक फरार रहेको बताइएको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.