मेगा बैंकको ३० औँ शाखा जोगबुढामा
काठमाडौँ, ८ फागुन ।
मेगा बैंक नेपाल लिमिटेडले डडेल्धुरा जिल्लाको जोबुढामा आफ्नो ३० औँ शाखा विस्तार गरेको छ ।
दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा पर्शुराम नगरपालिकाको जोगबुढामा शाखा विस्तार गरेको हो ।
लुइस बर्जर गु्रपका उपाध्यक्ष चाल्स बेलले जोगबुढा शाखाको उद्घाटन गरे । उनले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । जोगबुढामा निजी क्षेत्रको बाणिज्य बैंक खुलेको यो पहिलो हो ।
मेगा बैंकका साना मझौला कर्जा प्रमुख अमित श्रेष्ठले वित्तीय सुविधाबाट वञ्चित नेपालीलाई सेवा दिने उद्देश्यले मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गरिरहेको जानकारी दिए ।
सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ ।
लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ । सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकले दुर्गम क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.