Powered by Blogger.
दोलखाका सरकारी अस्पतालको सेवामा मनपरि गर्दै सञ्चालक, डाक्टर र कर्मचारीहरु

दोलखा, १५ फागुन । आफ्नो गल्ती ढाकछोप गर्न कै निमीत्त अस्पतालमा आएका बिरामी माथी भएका दुःखद घटनाहरु अस्पतालका सञ्चालक,डाक्टर र कर्मचारीहरुले लुकाउने गरेको पाईएको छ ।  निशुल्क रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य मन्त्रालयसंगको सम्झौता अनुसार दोलखा सदरमुकाम चरिकोटमा रहेको प्राथमीक स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको न्याय हेल्थ नेपालको उपचार पद्धति, गुणस्तरीयता र कार्यशैली प्रति स्थानियले गुनासो गरे पछि यस्तो तथ्य फेला परेको हो ।

अस्पताल सञ्चालन गरको केहि दिनमै एपेन्डिक्सको अप्रेसन गराएका दोलखा नाम्दु गाविस वडा नम्बर ६ छापगाँउका ३५ बर्षिय सिताराम थापाको उपचारमा लार्पवाहि भएको भन्दै उनको परिवारले क्षतिपूर्ति माग सहित न्याय हेल्थ नेपालमा निवेदन दिएपछि अस्पतालले उपचारमा लार्पवाहि गरेको कुरा सार्वजनिक भएको छ । 

आफ्नो दाजुको एपेन्डिक्सको अप्रेसन ०७२ माघ १७ गते न्याय हेल्थ नेपालले सञ्चालन गरेको चरिकोट अस्पतालमा गरीएकोमा डाक्टरको लार्पवाहिले समस्या आएपछि माघ १८ गते हेलिकम्टरबाट थप उपचारको लागि काठमाडौँ लगिएको र सो क्रममा झण्डै तीन लाख रुपैया खर्च भएको पीडितको भाई उपेन्द्र थापाले बताए । डाक्टरको लार्पवाहिले दाईको झण्डै ज्यान गएन, हेलिकम्टरबाट काठमाडौँ नलगिएको भए केहि भन्न सकिने अवस्था थिएन उपेन्द्रले भने– अस्पतालको लार्पवाहिले समस्या आएकोले क्षतिपूर्ति माग गरी ०७२ माघ २८ गते जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ दिएर निवेदन दिएका छौ तर अझै पनि सुनवाई भएको छैन । अस्पतालले भने उपचारमा लार्पवाहि नभएकोले क्षतिपूर्ति दिने सम्भावना नरहेको बताएको छ । 

निवेदन आएको छ, यो सरकारी अस्पताल भएकोले हामी निवेदनलाई सञ्चालक समितिमा पेश गर्ने छौ तर क्षतिपूर्ति दिने सम्भावना छैन – न्याय हेल्थ नेपालका पिपुल अप्रेसन मेनेजर उदीप गजुरेलले भने । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आले क्षतिपूर्ति माग गरीएकोबारे त्यसको समाधान खोज्न जिल्ला स्वास्थ्य कार्यालय र न्याय हेल्थ नेपाललाई निर्देशन दिईएको र समाधान नगरे कारबाही गरीने बताए ।  जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्साल क्षतिपूर्ति माग गरी निवेदन गरीएको र सो बारे छानविन हुन बाँकी रहेको बताए । निवेदन दिएको यतिका समय वितिसक्दा पनि  छानविन नभएको प्रति परिवारले आपत्ती प्रकट गरेको छ । 

न्याय हेल्थ नेपालले अस्पतालको लागि कर्मचारी छनौट गर्दा समेत नियमानुसार नभएको सरोकारवालाले बताएका छन् । अस्पतालले योग्य भन्दै अन्यत्र मेडिकल सञ्चालन गर्ने र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको निकटकालाईमात्र छनौट गरेको, औषधी समेत बाहिर खरिद गर्न लगाएको, निजि अस्पतालमा बिरामी पठाउन प्ररित गरको लगाएतका आरोप स्थानियकले लगाएका छन् । न्याय हेल्थ नेपालका अप्रेसन प्रमुख अस्मीता धितालले भने कर्मचारी छनौटमा निकटकालाई हेरीएको भन्ने आरोप सत्य नभएको बताए । छनौटमा योग्यलाई प्राथमीकता दिईएको धितालको भनाई छ ।

अन्यत्र मिडिकल सञ्चालन गर्ने चरिकोट अस्पतालको कर्मचारी छनौटमा परेको स्वीकार गर्दै अप्रेसन प्रमुख धितालले न्याय हेल्थ नेपालमा छनौट भएपछि उनले अन्यत्रको संलग्नता छोडेको बताए । सरकारसंग सम्झौता गरी सरकारी भवनमा अस्पताल सञ्चालन गरेको  न्याय हेल्थ नेपालले सेवा सुविधा लगाएत सबै गतिविधि एकलौटी ढङ्गले अगाडि बढाएको भन्दै अस्पतालकै केहि कर्मचारीले गुनासो समेत गरेका छन् ।     

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.