खड्काको अध्यक्षतामा युवा सञ्जाल जिरीको तदर्थ समिति गठन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrO7L93_TxlON4bRwXSXVgFESST5vF-tzJkYqxmt9awcjvH-gC2pBShobRixErsJ4A4EHcOLCTcMDyRGRrZ9Qqb2rOvz6j3YCQj8-q48cKKcd-ZKQapjjs6eD9k-97mNCM_GDcLZh2zWVE/s400/khadak.jpg)
चन्द्र खड्का
जिरी, ३० फागुन । युवाहरु राजनीतिक दलका कार्यकर्ताको रुपमा मात्र प्रयोग भईरहेको समयमा जिरी नगरपालिका भित्रका युवाहरुले जिरीको विकासका लागि एकजुट भएर लाग्न युवा सञ्जाल जिरीको तदर्थ समिति गठन गरेका छन् ।
जिरी नगरपालिका भित्रका युवाहरुको भेलाले केन्द्रज्योति खड्काको अध्यक्षतामा युवा सञ्जाल जिरीको गठन गरेको हो । करिब तीन वर्षअघि देखि जिरीको विकासका लागि युवा सञ्जाल जिरी गठन गरी विकास निर्माणमा लाग्ने बहस चलिरहेको भए पनि विभिन्न कारणले गठन हुन सकेको थिएन । युवा सञ्जाल जिरी कुनै पनि राजनीतिक दलसँग निकट नभएका युवाहरुको एउटा समूह हो । जसले जिरीको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । भावि दिनमा जिरीमा हुने सम्पूर्ण गतिविधिमा समेत युवा सञ्जाल जिरीले प्रत्येक्ष भूमिका निर्वाह गर्ने समितिका अध्क्ष्यक्ष केन्द्रज्योति खड्काले बताए । खड्काका अनुसार युवा सञ्जाललाई बैधानिकता दिनका लागि कानुनी प्रक्रिया पूरा गरी चाँडै दर्ता गरिने छ । भेलामा केन्द्रज्योति खड्काले युवा सञ्जाल जिरीको कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो ।
युवा सञ्जाल जिरीको तदर्थ समितिमा मक्कर तामाङ उपाध्यक्ष, गौतम जिरेल सचिव, हिरोज लोप्चन, सह–सचिव, बसन्त प्रधान कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा शान्त नेपाली, मन्जुल जिरेल, केशव के.सी. निर्मलकुमार कार्की लोकेन्द्र खत्री, चन्द्रप्रकास जिरेल र रोसन लुंइटेल रहेका छन् । भेलाको सहजीकरण दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका अध्यक्ष मधुकुमार कार्कीले गर्न भएको थियो । युवा सञ्जाल जिरीको गठन सँगै जिरीको भविष्यमा परिर्वनत आउने उद्योग वाणिज्य संघ जिरी शाखाका अध्यक्ष मधुकुमार कार्कीले बताए ।
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.