एक वर्षदेखि किन अघि बढ्न सकेको छैन तामाकोसी जलविद्युत्त आयोजना ?
दोलखा, १३ चैत । प्रसारण लाइनको बाटो खुले पनि राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजना समस्यै समस्यामा छ ।
१२ वैशाखमा भूइँचालो गएपछि समस्यामा फसेको तामाकोसी आयोजना सडक, इन्धन मसस्याले थलामै छ । कर्मचारीहरु काममा फर्कने इच्छाशक्तिको कमजोरीमा अल्झिरहेका छन् । मन्त्रिपरिषदले अनिर्णयको बन्दी बनेको प्रशारण लाइन विस्तारको लागि रुख कटानको बाटो खुलाइदिएको छ । अझै,आयोजनास्थल जोड्ने सडक मर्मत कार्य भने फलामको च्यूरा बनेको छ । अझै इन्धन संकटको तोड आयोजनाले खेपिररहेको छ ।
कर्मचारीहरुका अनुसार आयोजना क्षेत्रको भौगोलिक कमजोरीले भूकम्पपछि खतराको तरबारमुनी बसेजस्तै भैरहेको छ । ‘अहिले त ठिकै छ, तर बर्षातको जोखिममा कसरी ज्यान बचाँउने भन्ने चिन्तामा छौं,’ एक कर्मचारीले भने । विजुली अभावले अक्रान्त नेपालीका लागि आशाको दियो बनेर करिब ७६ प्रतिशत काम सकेको माथिल्लो तामाकोसी भूइचालोपछि चीर निद्रामा छ । मुलुकलाई ४५६ मेगावाट विजुली योगदान गर्नका लागि अन्तिम फड्को मार्दै गर्दा निदाउन पुगेको आयोजना अहिले पनि उठ्न सकेको छैन ।
साच्चिकै राष्ट्रिय गौरबको ध्वजा बोकेको स्वदेशी लगानीको यो आयोजना उठ्न सक्थ्यो, तर उठाउन कोसिस नगरिएको स्थानीयको गुनासो छ । स्थानीय राजनीतिक अगुवा पहलमान तामाङ आयोजनाको मूख्यालय गोंगरमा भेटिदा आशा भन्दा निरासाको पोकाहरु फुकाउन आतुर देखिए । ‘भूइँचालोपछि आयोजनालाई हेलाभावले हेरियो ।’ उनको बुझाईमा आयोजनालाई सरकार र आयोजनास्वयमले प्राथमिकतामा राख्ने जमर्को गरेन । तामाकोसी आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भूकम्प र नाकाबन्दीका कारण मुलुक नै स्तब्ध भएको असर माथिल्लो तामाकोसी आयोजनामा परेको बताउँछन् । आत्तिनु नपर्ने बताउँदै विस्तारै आयोजनाको कामले गतिलिरहेको दावी उनले गरे ।
भूकम्पपछि लामावगर गाविसको भूगोलजोखिम सावित भयो । विकासको ढोका मानिने सडक सम्पर्क टुट्यो । विद्युतीकरण अबरुद्ध हुँदा बजार र वस्तीहरु अन्धकारतर्फ फर्कियो । पदमार्गहरु विच्छेद भए । भूकम्प गएको करिब ४ महिना लामावगर एउटा बन्द जेल जस्तै भयो । मानिसहरु यताउता गर्न नसक्ने भएपछि प्रमुख आवश्यकता सडक थियो ।
स्थानीयको प्रमुख गुनासो नै सडक खुलाउन तदारुकता नदेखाउँदा पहिलो चोट आयोजनालाई पर्यो भने दोस्रो बासिन्दालाई । स्थानीयसँग समन्वय गरेर कार्य अगाडि बढाइएको भए आयोजनाले भूइँचालोपछिको जटिलता चिर्न धेरै सहज हुने जिकिर पहलमानको छ ।
हालसम्म आयोजनाको भित्री क्षति गोप्य राखिएको छ । आयोजनाको जलाशय क्षेत्र भासिएको बारे गहिरो अध्ययन भैरहेको आयोजनाले जनाएको छ । उक्त समस्या ठूलो नभएको निश्कर्ष आयोजनाको छ । बाहिरी रुपमा तामाकोसी आयोजना सुचारु सञ्चालनका लागि सडक, वन र इन्धनको झन्झट नै मूख्य बाधक देखिन्छ । आयोजनाको मूख्यालय जहाँ विद्युत् उत्पादनगृह बन्दैछ, त्यहाँसम्म पनि ठूला यात्रुबाहक र मालबाहक सावरी गुड्दैनन् । साना सवारीसाधन गुड्नका लागि सदरमुकाम चरिकोटदेखि करिब ६९ किलोमिटर प्रवेशमार्गअन्तर्गत उत्तरी केन्द्र सिंगटी बजारसम्म सहज छ ।भूकम्पले बढी क्षति पुऱ्याएको सिंगटीदेखिको २९ किमि सडकमध्ये हाल लामावगरस्थित काब्रेभीरसम्म हल्ला सवारीसाधन गुड्न मिल्नगरीखोलिएको छ । करिब ४ किमि सडक अझै खोल्न बाँकी रहेको छ ।
आयोजनाको पहलमा मर्मत जारी रहेको सडक यात्रा जोखिम छ, तर मानिसहरुलाई सुविस्ता भएकाले साना सवारीसाधनबाट ओहरदोहर गर्छन् । सिंगटीबाट करिब ६ किलोमिटरमा पर्ने भोर्ले भीरबाट ढुङ्गा खसिरहने भएकाले जोखिम यात्रा गर्नुपर्छ । आयोजनाको बाँधस्थल जोड्ने काब्रेभीर खण्डमा पैदल यात्रुसमेतलाई कठिन छ । उक्त सडक मर्मत थालिएको छैन । सजिलो ठाउँका सडक चौडा बढाउने कार्य कहीँकहीँ भैरहेको छ ।
‘भूइचालोपछि करिब १० महिनासम्म सडक विस्तारको ठोस प्रयास नहुनु यो आयोजना र यो क्षेत्रको विडम्बना हो,’ तिब्बती सिमाक्षेत्रस्थित नेपाली बस्ती लप्चेका अगुवा कर्मा शेर्पा भन्छन् । भूइँचालोपछि पटकपटक राहत र उद्धारका लागि हेलिकप्टरबाट लप्चे आउजाउ गरेका उनले कम्तीमा पनि लामावगर बजारसम्मको सडक मर्मत भैहाल्नुपर्ने माग राख्छन् । उनको नेतृत्वमा लामावगर र लप्चीवासीले लुमनाङ हुँदै चीनसँगको एतिहासिक सिमाना लप्चीसम्म सडक पुग्न जरुरीरहेको मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई समेत ध्यानकर्षण गराएका छन् । ध्यानकर्षणपत्रमा लप्चीसम्मको गोडेटो बाटोसमेत मर्मतमा जोड दिइएको छ ।
सडक मर्मत नहुदाँ लामावगर बजारका मानिसहरु कठिन अवस्थाको सामना गरिरहेको स्थानीय सामाजिक अगुवा छ्योतर शेर्पा बताउँछन् । सडक नहुँदा आयोजनाको काम हुन नसक्नु अर्को ठूलो समस्या उनले ठानेको छन् । भूइँचालो जानुअघिसम्म करिब २ हजार मानिसहरु बस्ने लामाबगरमा अहिले स्थानीय र सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिहरु छैनन् ।ठूलो भूइचालो जानुअघिसम्म यहाँका करिब २० वटा होटल पसलहरुमा मानिसहरुको भीड भैरहन्थ्यो । छ्योतरका अनुसार अहिले लामावगर बजारको माथ्लो बस्तीमा १ वटा र तत्लो बस्तीमा २ वटा आवाससहित होटल पसल छन, अन्य सबै विस्थापित भएका छन् ।
माथिल्लो तामाकोसी आयोजनाका अनुसार सडक मर्मत पहिलो आवश्यकतामा राखिएको हो । तर, इन्धन अभाव र भौगोलिक जटिलताले यो काममा सुस्तता पाइरहेको छ । राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले इन्धन उपलब्ध गराउने भनेको छ, तथापी तामाकोसीको सवालमा सरकारले कन्ज्युस्याइ गरिरहेको पाइएको छ । सधै झैं, प्रमुख जिल्ला अधिकारीको सिफरिसपत्रको जरुरी र खटाइखटाइ इन्धन उपलब्ध गराइरहदाँ आयोजनाले निकै जटिलता बेहोर्नु परेको स्थानीयहरु बताउँछन् । २ साताअघि ध्वस्त संरचना मर्मतपछि राष्ट्रिय प्रशारणको विजुली आएपछि भने आयोजना र स्थानीयवासीलाई निकै सुविस्ता भएको स्थास्थ्यकर्मी राजु श्रेष्ठले बताए ।
उर्जा फास्ट ट्रयाक र राष्ट्रिय प्राथमिकको नीति बने पनि तामाकोसीका लागि ट्रान्समिसन लाइन विस्तारमा बन व्यवस्थापन बाधक बन्यो । आयोजनालाई लामावगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो ट्रान्समिसन लाइन विस्तार गर्न निकै हम्मे पर्यो । १ सय २७ वटा टावरहरुमध्ये २८ वटा सामुदायिक बनहरुमा पर्ने५५ वटा टावर निर्माण र तार तान्न लिनुपर्ने स्वीकृतिका लागि आयोजनाका कर्मचारीहले फाइल बोकेर २१ महिनासम्म निकायहरुमा धाए । उक्त समस्यालाई मन्त्री परिषद्ले सम्बोधन गरिदिएको छ । अब प्रशारण लाइनका लागि रुख काट्ने कार्य तत्काल सुरु हुने विश्वासआयोजनाले गरेको छ । अन्य कार्य पनि सुरु गर्ने तम्तयारी आयोजनाको कार्यसूचीमा छ । कान्तिपुर दैनिकबाट
0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.