Powered by Blogger.
दोलखामा नौ पालिका, ७५ वडा कायम गर्ने सहमति (कुन गाविस कुन गाउँपालिकामा तालिकासहित)

दोलखाः दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ ।

यसअघि एक नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा अन्त्यमा दुई नगरपालिकासहित सात गाउँपालिकामा आएर सहमति बनेको हो ।

शनिबार बसेकोे बैठकले जिरीलाई नगरपालिका नै कायम गर्दै दुई नगरपालिका र सात गाउँपालिकामा ७५ वटा वडाको टुङ्गो लगाउँदै स्थानीय निकाय पुनःसंरचना आयोगलाई सिफारिस गर्ने सहमति गरेको हो ।

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द समेत टुङ्गो लागेको भए पनि केहीमा सामान्य विवाद देखिएको छ । यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ पालिकाको सिफारिस गरेको थियो ।

कुन पालिकामा कुन–कुन गाविस र केन्द्र 

१. मेलुङ गाउँपालिकाः  केन्द्र भेड्पु
डाँडाखर्क, मेलुङ, भेड्पु, घ्याङसुकाठोकर, पवटी र शैलुङ गाविस
२. शैलुङ गाउँपालिकाः केन्द्र फोक्टे
फस्कु, काटाकुटी, मागापौवा, भुषाफेदा र दुधपोखरी गाविस
३.भिमेश्वर नगरपालिकाः केन्द्र चरिकोट
भिमेश्वर नगरापलिका, बोच,  लाकुरिडाडा र शुष्पाक्षमावती गाविस
४. कालिञ्चोक गाउँपालिकाः आहाले केन्द्र
सुन्द्रावती, सुनखानी, बाबरे, कालिञ्चोक, लापिलाङ र लामिडाडा गाविस
५. बिगु गाउँपालिकाः केन्द्र चिहानडाँडा
विगु, आलम्पु, चिलंखा, लादुक, वुलुङ, ओराङ, लामाबगर र खोपाचागु गाविस
६. गौरीशंकर गाउँपालिकाः केद्र भोर्ले
गौरीशंकर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जुँगु गाविस
७. बैतेश्वर गाउँपलिकाः केन्द्र पाडु
क्षेत्रपा, नाम्दु, काब्रे, मिर्गे र गैरीमुदी गाविस
८. जिरी नगरपालिकाः केन्द्र जिरी
जिरी नगरपालिका र श्यामा गाविस
९. तामाकोशी गाउँपालिकाः केन्द्र मानेडाडा
झुले, जफे, मालु, शहरे, च्यामा, हावा र भिरकोट गाविस

स्रोत: जिरी अनलाइन

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.